शब्दयात्रा प्रकाशनबाट आगामी भदौ महिनामा समर्पण गरिने चार विधाका सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको चयन गरिदिन चार सदस्यीय चयन समिति निर्माण गरिएको छ ।
समितिमा एकुमाया पुन संयोजक तथा एकप्रसाद दुवाडी, सम्बोजन लिम्बू र भरतकुमार श्रेष्ठ सदस्य रहनुभएको छ । उहाँहरू चारैजना काठमाडौँ विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।
सम्मानका लागि सिफारिस प्राप्त भएका नाउँहरूमध्ये उहाँहरूबाट उपयुक्त ठानी चयन गरिएका व्यक्ति र संस्थालाई नै शब्दयात्रा प्रकाशनले सम्मान गर्नेछ ।