शब्दयात्रा प्रकाशनले कोरोना महामारी भएकै अवस्थामा पनि स्वास्थ्यसम्बन्धी पूर्ण सतर्कताका साथ सीमित व्यक्तिको उपस्थितिमा केही कार्यहरू सम्पन्न गर्न सकेको छ । जस्तै —
आजीवन सदस्य चारजना थप गरियो । सामाजिक परीक्षण मूल्याङ्कन गराइयो । शब्दयात्रा स्तम्भ निर्माण तथा अनावरण गराइयो । शब्दयात्रा शारदा मन्दिर निर्माण गरी पूर्णता दिइयो । शब्दसाधक तीर्थलाई सुरक्षित पार्न फलामको बारबन्देज थपियो । कार्यालयमा बिजुलीको मिटर जडान गरियो । सालिकका लागि सहयोग गर्ने दाताहरूको अभिलेख बनाई अनावरण गराइयो । बन्दाबन्दीकै अवस्थामा पनि १३ वटा पुस्तक प्रकाशन गरी प्रकाशित पुस्तकको सङ्ख्या १५० पु¥याइयो । पुस्तक सार्वजनिकीकरण कार्यक्रमहरू गर्न सकियो । ‘शब्दसञ्चार’ नामक साप्ताहिक रेडियो कार्यक्रम बन्द रहेकोमा २०७७ साल वैशाखको पहिलो सातादेखि प्राइम एफएम १०४.५ बाट पुनः प्रसारण सुरु गरियो । कार्यालयको सुरक्षाका लागि फलामको द्वार बनाइयो । नीलकण्ठेश्वरको ट्रसमा बार लगाइयो ।
यसै गरी पुस्तकालयका लागि पुस्तकहरू थप गरियो । पुस्तकालयका लागि दुइटा दराज सहयोगस्वरूप प्राप्त गर्न सकियो । प्राप्त भएका पुस्तकहरूमध्ये २ हजारभन्दा केही बढी पुस्तकको अभिलेख राखियो । ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रम फाटफुट रूपमा मात्रै भए पनि सञ्चालन गरियो । ‘नेपालभूमि’ का स्तम्भकारहरूलाई स्मृतिचिह्न प्रदान गरियो । प्रदेश सभासद्, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, पूर्वउपकुलपति, साहित्यकारहरू आदिलाई शब्दसाधक तीर्थको अवलोकन गराइयो । बनेपा नीलकण्ठेश्वरमा रहेको जग्गामा बन्ने संरचनाका लागि गुरुयोजनाको खाका निर्माण गराइयो । ‘शब्दयात्रा कर्मशीलता पुरस्कार’ प्रदान गरियो । सम्मान समर्पण गर्ने कार्य बाँकी राखेर त्यससँग सम्बन्धित आवश्यक अन्य कार्यहरू अनलाइन पद्धतिबाट सम्पन्न गरियो ।
कोभिड — १९ का कारण शब्दयात्रा प्रकाशन परिवार यति कार्यमै मात्र सन्तुष्ट बन्न बाध्य बनेको छ ।