शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित अक्षरसेवी सहयोग कोषका लागि लेखक तथा सम्पादक दामोदर घिमिरेले ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको अवसर पारी एक हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गराउनुभएको छ । उहाँले यसअघि पनि उक्त कोषका लागि आर्थिक सहयोग गर्नुभएको थियो ।
अक्षरसेवी सहयोग कोषमा जम्मा भएको रकम विभिन्न प्रकारका विपत्तीबाट पीडित बनेका लेखक, पत्रकार, कलाकार आदिलाई शब्दयात्रा प्रकाशनबाट सहयोगस्वरूप प्रदान गर्ने गरिएको छ ।