Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
Homepublications२६०. वरद नायक भरत जङ्गम

२६०. वरद नायक भरत जङ्गम

‘वरद नायक भरत जङ्गम’ पदम दाहालको कृति हो । भरत जङ्गमका विषयमा लेखिएका लेखहरू समेटिएको अभिनन्दनग्रन्थ हरि मञ्जुश्रीको सम्पादनमा प्रकाशित भएको थियो । त्यस ग्रन्थमा रहेका केही लेखलाई आधार बनाएर पदम दाहालले एक लेखमाथि अर्को लेख लेख्नुभएको थियो । यो पुस्तक त्यसरी लेखिएका लेखहरूको सङ्ग्रह हो । यस सङ्ग्रहभित्रका लेखहरू विश्लेषणात्मक अध्ययन गरी परम्परागत ढाँचामा लेखिएका विवेचनात्मक लेखभन्दा भिन्न प्रकृतिका छन् । कृतिपरक सिंहावलोकनभन्दा अनुभूतिपरक र प्रभावपरक समीक्षाले यहाँका लेखहरूमा ठाउँ पाएका छन् । त्यसैले यो पुस्तक नवीन बौद्धिक खुराक बनेको छ र यसले कृतिनायक र कृतिकार दुवैको योगदान र व्यक्तित्वमा चहक थप्न सकेको छ ।