Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
Homepublications२२१. तोपको आवाज

२२१. तोपको आवाज

कविता, मुक्तक, गीत, गजल र हाइकु विधामा आफ्नो उपस्थिति देखाउनुभएका ज्ञान उदास अब ‘तोपको आवाज’ नामक कथासङ्ग्रहका माध्यमबाट कथाकारका रूपमा पनि प्रस्तुत हुनुभएको छ । यस सङ्ग्रहबाट उहाँमा रहेको कथाकार व्यक्तित्व पनि प्रकट भएको छ । पूर्वप्रकाशित कथाहरूको यस सङ्ग्रहले आजभन्दा चार दशकअघिको नेपालको सामाजिक जीवनको झलक देखाएको छ । तत्कालीन लोकव्यवहार, भाषाशैली, चेतनास्तर आदिका विषयमा अध्येताहरूलाई यस सङ्ग्रहले राम्रो जानकारी दिनेछ ।