Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesहार्दिक बधाई

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनका उत्प्रेरक डा. सुरेशराज शर्माले नेपालमा स्तरीय शिक्षाप्रणालीका लागि गुरुत्तर भूमिका निर्वाह गरी अहोरात्र शिक्षासेवामा समर्पित रहेबापत, शब्दयात्रा कविता–काव्य सम्मानद्वारा सम्मानित डा. माधव भट्टराईले सनातन हिन्दू धर्म–संस्कृतिको सम्वर्धन, संरक्षण तथा जागरणका लागि मन, वचन र कर्मबाट क्रियाशील रहेबापत, शब्दयात्रा आमसञ्चार सम्मानद्वारा सम्मानित श्री भैरव रिसालले नेपालको स्वाभिमान, राष्ट्रिय अखण्डता र स्वतन्त्रता विषयक चिन्तन र प्रचारमा समर्पित भई मातृभूमिप्रति विशिष्ट योगदान गरेबापत तथा शब्दयात्रा समालोचना सम्मानद्वारा सम्मानित डा. दयाराम श्रेष्ठ ‘सम्भव’ ले नेपाली समालोचनाको परम्परालाई गतिशील, समृद्ध र उन्नत तुल्याउन ऐतिहासिक योगदान गरेबापत एक–एक लाख रुपियाँ राशिका नइ पुरस्कार प्राप्त गर्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार