शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका स्तम्भकार तथा साहित्यकार डा. दुर्गा दाहालको निधन भएको छ । उहाँ अमेरिकामा बस्न थाल्नुभएको थियो ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँग आबद्ध उहाँले पुरस्कारको पनि स्थापना गर्नुभएको थियो । उहाँले अमेरिकाबाटै ‘नेपालभूमि’ का लागि लेखहरू पठाउने गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशन परिवार स्तम्भकार डा. दुर्गा दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।