Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesसात विधामा सम्मान समर्पण

सात विधामा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले आज २०८० साल असोज २६ गते शुक्रबार सम्मान समर्पण समारोहको आयोजना गरी सात विधाका सम्मान समर्पण गरेको छ । कार्यक्रममा शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान भोजपुरका डा. ठाकुरराज अधिकारीलाई, शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान पाल्पाकी बेटी बज्राचार्यलाई, शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान काठमाडौँको ‘शिवपुरी सन्देश’ लाई र शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान सोलुखुम्बूका अनारसिंह कार्कीलाई समर्पण गरिएको थियो । यसै गरी शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान धादिङका कमल रिजाललाई, शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान तनहूँका जगदीश तिवारीलाई र शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान सिन्धुपाल्चोकको कफेश्वर महादेवस्थान व्यवस्थापन समितिलाई समर्पण गरिएको थियो । शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माको प्रमुख आतिथ्य, भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गमको आतिथ्य र संस्थाका आजीवन सदस्य प्रा. केदारनाथ श्रेष्ठको सभापतित्वमा सम्पन्न आजको समारोहको सञ्चालन संस्थापक अध्यक्ष हरि मञ्जुश्रीबाट गरिएको थियो । कार्यक्रमको समुद्घाटन आजीवन सदस्य पदम दाहालले, अभिवन्दनापत्रको वाचन आजीवन सदस्य सकुल थापाले, स्वागत भाषण आजीवन सदस्य कृष्णमणि कुइकेलले, सम्मान सामग्रीको व्यवस्थापन आजीवन सदस्यद्वय हरिगोपाल प्रधान र शारदाप्रसाद शर्माले, माला अर्पण आजीवन सदस्य अमृत अधिकारीले, विविध सहयोग सङ्गीता केसीले र कविता वाचन गोविन्दबहादुर खड्काले गर्नुभएको थियो । चयन समितिका संयोजक जयराम श्रेष्ठले सम्मानित व्यक्ति तथा संस्थाको चिनारी गराउनुभएको उक्त कार्यक्रममा लालबहादुर भुजेलले जयराम श्रेष्ठलाई र केशव रूपाखेतीले चयन समितिका सदस्य उद्धवप्रसाद नेपाललाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार प्रदान गर्नुभएको थियो । आजीवन सदस्य डा. इन्दुल केसीलाई पत्नीशोक परेकाले गतात्माको आत्मशान्तिका लागि मौन धारण गरिएको उक्त कार्यक्रममा आबाल ब्रह्मचारी षडानन्द अधिकारी र मनका श्रेष्ठको तस्बिरमा माल्यार्पण गरिएको थियो ।