Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesचयन गर्न जिम्मा लिनेहरू

चयन गर्न जिम्मा लिनेहरू

शब्दयात्रा प्रकाशनका आजीवन सदस्यत्रय सकुल थापा, प्रदीप केसी र अमृत अधिकारीले आगामी मङ्सिर महिनामा शब्दयात्रा प्रकाशनबाट समर्पण गर्नुपर्ने विद्वत्वृत्ति, छात्रवृत्ति र कदरपत्रका लागि उपयुुक्त पात्रको चयन गर्ने जिम्मा लिनुभएको छ । उहाँहरूले शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति, शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलान्चोक अनुसन्धान विद्वतवृत्ति, शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति र शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति समर्पण गरिने अनुसन्धाताहरू, द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति र भूप–मुक्ति विकलाङ्ग छात्रवृत्ति समर्पण गरिने विद्यार्थीहरू तथा शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र समर्पण गर्न काभ्रेपलान्चोक जिल्लाका दुईजना पत्रकार र एकजना फोटोग्राफरको चयन गर्नुहुनेछ । उहाँहरूले चयन गर्नुभएका व्यक्तिलाई नै शब्दयात्रा प्रकाशनले विद्वत्वृत्ति, छात्रवृत्ति र कदरपत्र समर्पण गर्नेछ ।