Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशुक्रबार सम्मान समर्पण समारोह

शुक्रबार सम्मान समर्पण समारोह

शब्दयात्रा प्रकाशनले यही असोज २६ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्ष शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाम बनेपामा विशेष कार्यक्रमको आयोजना गरी विभिन्न सात विधाका सम्मानहरू समर्पण गर्ने भएको छ । सम्मान समर्पण समारोहमा आयुर्वेद सम्मान डा. ठाकुरराज अधिकारी (भोजपुर) लाई, महिला प्रतिभा सम्मान बेटी बज्राचार्य (पाल्पा) लाई, स्तम्भकार सम्मान अनारसिंह कार्की (सोलुखुम्बू) लाई, साहित्यिक पत्रिका सम्मान शिवपुरी सन्देश (काठमाडौँ) लाई, आध्यात्मिक पत्रकारिता सम्मान कमल रिजाल (धादिङ) लाई, फोटो पत्रकारिता सम्मान जगदीश तिवारी (तनहूँ) लाई र आध्यात्मिक संस्था सम्मान कफेश्वर महादेवस्थान व्यवस्थापन समिति (सिन्धुपाल्चोक) लाई समर्पण गरिनेछ । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यमा हुने सम्मान समर्पण समारोह बिहान १०ः३० बजे प्रारम्भ भएर दिउँसो १२ बजे समापन गरिनेछ ।