Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesशुक्रबार सम्मान समर्पण समारोह

शुक्रबार सम्मान समर्पण समारोह

शब्दयात्रा प्रकाशनले यही असोज २६ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्ष शब्दसाधक तीर्थ नीलकण्ठेश्वर धाम बनेपामा विशेष कार्यक्रमको आयोजना गरी विभिन्न सात विधाका सम्मानहरू समर्पण गर्ने भएको छ । सम्मान समर्पण समारोहमा आयुर्वेद सम्मान डा. ठाकुरराज अधिकारी (भोजपुर) लाई, महिला प्रतिभा सम्मान बेटी बज्राचार्य (पाल्पा) लाई, स्तम्भकार सम्मान अनारसिंह कार्की (सोलुखुम्बू) लाई, साहित्यिक पत्रिका सम्मान शिवपुरी सन्देश (काठमाडौँ) लाई, आध्यात्मिक पत्रकारिता सम्मान कमल रिजाल (धादिङ) लाई, फोटो पत्रकारिता सम्मान जगदीश तिवारी (तनहूँ) लाई र आध्यात्मिक संस्था सम्मान कफेश्वर महादेवस्थान व्यवस्थापन समिति (सिन्धुपाल्चोक) लाई समर्पण गरिनेछ । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको प्रमुख आतिथ्यमा हुने सम्मान समर्पण समारोह बिहान १०ः३० बजे प्रारम्भ भएर दिउँसो १२ बजे समापन गरिनेछ ।