Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

जीतबहादुर रायमाझीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ जीतबहादुर रायमाझी (सिराहा) मा समर्पण गर्ने भएको छ । मिथिला चित्रकलाका ख्यातिप्राप्त चित्रकलाकार, अन्वेषक तथा लेखक...
HomeActivitiesसम्मान पनि, सार्वजनिकीकरण पनि

सम्मान पनि, सार्वजनिकीकरण पनि

हाम्रो निमन्त्रणालाई स्वीकार गरेर यस समारोहमा उपस्थित हुनुभएका सबै महानुभावहरूमा शब्दयात्रा प्रकाशनका तर्फबाट र व्यक्तिगत रूपबाट पनि म हार्दिक स्वागत गर्न चाहन्छु ।
यस संस्थाबाट हरेक वर्षको जेठ, असोज र माघ महिनामा ६–६ विधाका दरले सम्मान समर्पण गरिन्छ । असोज महिनामा समर्पण गर्नुपर्ने विभिन्न ६ विधाका सम्मानहरू विभिन्न कठिनाइले गर्दा यस वर्ष असोज महिनामा समर्पण गर्न सकिएन र २०७६ सालका लागि ती सम्मानहरू आजको समारोहमा समर्पण गरिँदैछन् ।
तिनमा रमेश पौड्यालद्वारा व्यवस्थापित शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान शिक्षाविद् डा. केदारनाथ श्रेष्ठलाई, सुनील सापकोटाद्वारा व्यवस्थापित शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान अग्रज पत्रकार ध्रुवहरि अधिकारीलाई, नेपालभूमि राष्ट्रिय साप्ताहिकद्वारा व्यवस्थापित शब्दयात्रा नेपालभूमि स्तम्भकार सम्मान स्तम्भकार टी. पी. शर्मा तिमिल्सिनालाई, हरिगोपाल प्रधानद्वारा व्यवस्थापित शब्दयात्रा फोटो पत्रकारिता सम्मान फोटो पत्रकार राजेन्द्र चित्रकारलाई, सुदर्शन आचार्यद्वारा व्यवस्थापित शब्दयात्रा आध्यात्मिक पत्रकारिता सम्मान भक्तिदर्शन टेलिभिजनलाई र योगेन्द्र खत्रीद्वारा व्यवस्थापित शब्दयात्रा साहित्यिक पत्रिका सम्मान साहित्यिक मासिक पत्रिका ‘नवप्रज्ञापन’ लाई समर्पण गरिँदैछ ।
ओतबहादुर खड्काद्वारा अनूदित ‘वेद के भन्छ ?’ सारसङ्ग्रह, नवीना श्रेष्ठद्वारा नेपाल भाषाबाट अनूदित तथा सम्पादित ‘श्रीस्वस्थानी व्रतकथा’ र केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘स्पेनको सम्झना’ संस्मरणसङ्ग्रह गरी ३ वटा पुस्तकलाई आजै सार्वजनिक गरिँदैछ ।
यी सबै पुस्तकहरू शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएका हुन् । यी पुस्तकसमेत गरी यस संस्थाले ९ वर्षभित्र १ सय २९ वटा पुस्तकको प्रकाशन गरेको पनि जानकारी गराउन चाहन्छु ।
आजको यस्तो महàवपूर्ण समारोहमा आफ्नो व्यस्त समयलाई व्यवस्थापन गरी यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दै पुनः स्वागत गर्न चाहन्छु । (स्वागत मन्तव्यको अंश)