Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनप्रति आजीवन समर्पित

शब्दयात्रा प्रकाशनप्रति आजीवन समर्पित

शब्दयात्रा प्रकाशनको गरिमामय समारोहको सभापतित्व ग्रहण गर्न पाउँदा म गौरवान्वित बनेको छु । यस संस्थाको स्थापनाकालदेखि नै आर्थिक तथा भौतिक रूपमा विभिन्न सहयोग गरिरहेको हुनाले साथीहरूले त्यसको कदरस्वरूप मलाई यो सम्मान दिनुभएको हो । यसका लागि यस संस्थाका साथीहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।
शब्दयात्रा प्रकाशनलाई हामीले आर्थिक र भौतिक रूपमा बलियो संस्था बनाउनुछ । नेपालको राम्रो संस्थाका रूपमा यसलाई चिनाउनुछ । यसले राखेका उद्देश्यहरू पूरा गराउनुछ । त्यसका लागि मेरो स्वास्थ्य र आर्थिक अवस्थाले भ्याएसम्म म आजीवन यसै संस्थाप्रति समर्पित रहनेछु । मेरो सम्पूर्ण क्षमता यसै संस्थाका लागि उपयोग हुनेछ । म यहाँहरू सबैका अगाडि यो प्रतिबद्धता व्यक्त गर्दछु ।
सम्मानित हुन लाग्नुभएका महानुभावहरू र सार्वजनिक गरिने पुस्तकका अनुवादक तथा लेखकलाई बधाई दिँदै शब्दयात्रा प्रकाशनको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । (सभापतिका रूपबाट अभिव्यक्त मन्तव्यको अंश)