Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

सङ्घर्षयात्रा सार्वजनिक

साहित्यकार आर. सी. भट्टराईद्वारा लिखित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘सङ्घर्षयात्रा’ उपन्यास आज साउन १० गते आइतबार सार्वजनिक गरियो । शिक्षासेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा...
HomeActivitiesशब्दयात्रा प्रकाशनप्रति आजीवन समर्पित

शब्दयात्रा प्रकाशनप्रति आजीवन समर्पित

शब्दयात्रा प्रकाशनको गरिमामय समारोहको सभापतित्व ग्रहण गर्न पाउँदा म गौरवान्वित बनेको छु । यस संस्थाको स्थापनाकालदेखि नै आर्थिक तथा भौतिक रूपमा विभिन्न सहयोग गरिरहेको हुनाले साथीहरूले त्यसको कदरस्वरूप मलाई यो सम्मान दिनुभएको हो । यसका लागि यस संस्थाका साथीहरूप्रति म हार्दिक आभार व्यक्त गर्दछु ।
शब्दयात्रा प्रकाशनलाई हामीले आर्थिक र भौतिक रूपमा बलियो संस्था बनाउनुछ । नेपालको राम्रो संस्थाका रूपमा यसलाई चिनाउनुछ । यसले राखेका उद्देश्यहरू पूरा गराउनुछ । त्यसका लागि मेरो स्वास्थ्य र आर्थिक अवस्थाले भ्याएसम्म म आजीवन यसै संस्थाप्रति समर्पित रहनेछु । मेरो सम्पूर्ण क्षमता यसै संस्थाका लागि उपयोग हुनेछ । म यहाँहरू सबैका अगाडि यो प्रतिबद्धता व्यक्त गर्दछु ।
सम्मानित हुन लाग्नुभएका महानुभावहरू र सार्वजनिक गरिने पुस्तकका अनुवादक तथा लेखकलाई बधाई दिँदै शब्दयात्रा प्रकाशनको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । (सभापतिका रूपबाट अभिव्यक्त मन्तव्यको अंश)