Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesसारस्वत सम्मान र कृषि सम्मान समर्पण

सारस्वत सम्मान र कृषि सम्मान समर्पण

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य तथा आध्यात्मिक लेखक ओतबहादुर खड्काले आफ्नी धर्मपत्नीको स्मृति र सम्मानमा कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) मा समर्पण गरिएको छ ।
यसै गरी कृषिविशेषज्ञ पूर्वसहसचिव डा. जगदीशराज बराल (सिन्धुली, हाल अमेरिका) ले कोष व्यवस्थापन गर्नुभएको ‘शब्दयात्रा डा. जगदीशराज बराल कृषि सम्मान, २०८३’ कृषि जर्नल (छापा तथा अनलाइन) पत्रिकाका लागि सम्पादक धनबहादुर मगर (काठमाडौँ) मा समर्पण गरिएको छ ।
उहाँहरूमा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला, कृष्णमणि कुइकेलले पुष्पमाला, चन्द्रबहादुर खड्काले उपहार, प्रा. डा. हेमराज काफ्लेले किरीट र हरि मञ्जुश्रीले भेटी तथा अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
उहाँहरूमा समर्पण गरिएको अभिवन्दनापत्रको वाचन मुरहरि रायमाझी ‘हरि’ र नवराज दाहाल ‘उत्साही’ ले गर्नुभएको थियो भने सञ्चालनको भूमिकामा कालिका त्रिपाठी पन्त र सामग्री व्यवस्थापनको भूमिकामा सङ्गीता केसी हुनुहुन्थ्यो ।