Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनको काम आश्चर्यलाग्दो

शब्दयात्रा प्रकाशनको काम आश्चर्यलाग्दो

नेपालका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान समर्पण गर्ने आजको गरिमामय समारोहमा शब्दयात्रा प्रकाशनले हामी ३ जना शब्दसाधकहरू ओतबहादुर खड्का, म नवीना श्रेष्ठ र केदारनाथ तिमल्सिनालाई पनि मञ्चमा उपस्थित गराएको छ । हामीमध्ये दुईजनाले अनुवाद तथा सम्पादन गरेका र एकजनाले लेखेका गरी जम्मा ३ वटा पुस्तकहरू शब्दयात्रा प्रकाशनले प्रकाशन गरिदिएको छ र आजको कार्यक्रममा सार्वजनिक पनि गराइदिएको छ । यसका लागि हामी शब्दयात्रा प्रकाशनप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
शब्दयात्रा प्रकाशनले ९ वर्षभित्र १ सय २९ वटा पुस्तक प्रकाशन गरिसकेको, त्यति नै सङ्ख्याका राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान गरिसकेको, बनेपामा ५ आना जग्गा दानमा प्राप्त गरेको, नेपाली वाङ्मयका ५ जना शीर्ष व्यक्तित्वको सालिक स्थापना गरेको, १३ लाख रुपियाँको अक्षयकोष स्थापना गर्न सकेको, छात्रवृत्ति र पुुरस्कार दिने गरेको, साप्ताहिक पत्रिका नियमित चलाइरहेको, पुस्तकालय स्थापना गरेको जस्ता कुरा सुन्दा नै हामीलाई आश्चर्य लाग्छ । सरकारी निकायबाट अलिकति पनि आर्थिक सहयोग नलिईकन जनस्तरको सहयोगबाट मात्रै यति काम गर्न सक्नु ठूलो कुरा हो । एकलौटी ढङ्गले साहित्यिक संस्था नचलाई समुदायको विश्वास जितेर काम गर्ने हो भने साहित्यिक संस्थाले धेरै काम गर्न सक्छ भन्ने उदाहरण यस संस्थाले देखाउन सकेको छ । त्यसैले यस संस्थाप्रति साहित्यकार, पत्रकार, शिक्षासेवी, समाजसेवी सबैले आस्था र विश्वास राख्ने गरेका छन् । आजको समारोहमा भएको उपस्थितिले पनि यस कुरालाई पुष्टि गरेको छ । यस्तो सहयोग यस संस्थाले पाइरहोस्, मेरो शुभकामना छ ।
आजको समारोहमा सार्वजनिक गरिएका पुस्तकका लेखक तथा सम्पादकहरूका तर्फबाट मलाई केही बोल्ने मौका दिएकोमा हामी तीनैजना कृतिकारका तर्फबाट शब्दयात्रा प्रकाशनप्रति फेरि पनि आभार व्यक्त गर्दछु । (कृतिकारका तर्फबाट अभिव्यक्त मन्तव्यको अंश)