Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनलाई उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान

शब्दयात्रा प्रकाशनलाई ‘सिद्धीश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान, २०८३’ द्वारा सम्मान गरिएको छ । ‘सिद्धीश्वरमान अक्षलोक साहित्यिक केन्द्र’ नामक संस्थाले हिजो काठमाडौँको टोखा नगरपालिकाको सभाकक्षमा...
HomeActivitiesशब्दसाधक तीर्थमा वृक्षरोपण

शब्दसाधक तीर्थमा वृक्षरोपण

शब्दयात्रा प्रकाशनद्वारा निर्मित शब्दसाधक तीर्थमा रुद्राक्ष लगायतका बिरुवाहरू रोपी वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ । नेपालमा पहिलोपल्ट रुद्राक्षको बिरुवा बालागुरु षडानन्द अधिकारीले भोजपुरको दिङलामा रोप्नुभएको थियो । बनेपामा स्थापित उहाँको सालिकसँगै शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले रुद्राक्षको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको प्रारम्भ गर्नुभएको थियो ।
त्यसै गरी वृक्षरोपण कार्यक्रम नीलकण्ठेश्वर धाम परिसरमा पनि गरिएको छ । नीलकण्ठेश्वर धाम संरक्षण समितिका अध्यक्ष कृष्णमणि कुइकेलले वृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । त्यस बखत हरिगोपाल प्रधान, रमेश अधिकारी, सङ्गीता केसी आदिले पनि वृक्षरोपण गर्नुभएको थियो भने सघाउने काम भुवन पाण्डेले गर्नुभएको थियो ।
शब्दसाधक तीर्थ र नीलकण्ठेश्वर धाममा वृक्षरोपण गर्नका लागि शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य हरिगोपाल प्रधानले रुद्राक्ष, वर, पीपल, एभोकाडो लगायतका एक सयभन्दा बढी बिरुवाहरू उपलब्ध गराउनुभएको थियो ।