Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivities‘शब्दसंवाद’ मा दामोदर घिमिरे

‘शब्दसंवाद’ मा दामोदर घिमिरे

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७३ औँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरे प्रस्तुत हुनुभयो । पुरुषोत्तम हुमागाईंको सभापतित्व र शिक्षासेवी पूर्णबहादुर कर्माचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सदस्य कृष्णमणि कुइँकेल, महाप्रबन्धक शारदाप्रसाद शर्मा, शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, शब्दयात्रा लेखक समाजका सदस्य केदारनाथ तिमल्सिना र सहदीप पलान्चोके, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, समाजसेवी छविलाल कुइँकेल तथा रीक्षा घिमिरे, सीता सिंह, मन्दिरा बुढाथोकी आदिको समुपस्थिति रहेको थियो ।