शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७३ औँ शृङ्खलामा प्रमुख वक्ताका रूपमा शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरे प्रस्तुत हुनुभयो । पुरुषोत्तम हुमागाईंको सभापतित्व र शिक्षासेवी पूर्णबहादुर कर्माचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईंले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, सदस्य कृष्णमणि कुइँकेल, महाप्रबन्धक शारदाप्रसाद शर्मा, शब्दयात्रा नारी स्रष्टा समाजका संयोजक पुण्यवती घले, शब्दयात्रा लेखक समाजका सदस्य केदारनाथ तिमल्सिना र सहदीप पलान्चोके, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, समाजसेवी छविलाल कुइँकेल तथा रीक्षा घिमिरे, सीता सिंह, मन्दिरा बुढाथोकी आदिको समुपस्थिति रहेको थियो ।