शब्दयात्रा प्रकाशनको साप्ताहिक प्रवचन कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को ७४ औँ शृङ्खलामा व्यवसायी किताबसिंह लामाले प्रमुख वक्ताका रूपबाट आफ्नो जीवनयात्रामा भोग्नुपरेका तीतामीठा कुराहरू प्रस्तुत गर्नुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा गत २०७५ माघ ४ गते शुक्रबार आयोजित उक्त कार्यक्रमका सभापति शिक्षासेवी तथा समाजसेवी सुश्री निर्मला श्रेष्ठ र प्रमुख अतिथि लेखक तथा प्राकृतिक चिकित्सक डा. इन्दुल केसी हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन शब्दयात्रा पाठक समाजका संयोजक दामोदर घिमिरेले गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, महाप्रबन्धक शारदाप्रसाद शर्मा, ‘नेपालभूमि’ राष्ट्रिय साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक चूडाप्रसाद चौलागाईं, स्मारिका प्रकाशन समितिका संयोजक फणीन्द्रराज अधिकारी, शिक्षासेवी रामप्रसाद अधिकारी, लेखकहरू ओतबहादुर खड्का र केदारनाथ तिमल्सिना, समाजसेवी छविलाल कुइँकेल र विष्णुहरि तिमल्सिना, व्यवस्थापनविद् श्री शर्मा मूर्ख, नवराज पराजुली, पुरुषोत्तम हुमागाईं, चन्द्रमणि तिमल्सिना, रीक्षा घिमिरे आदि उक्त कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।