Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

साहित्यिक तथा आध्यात्मिक भ्रमण सम्पन्न

शब्दयात्रा प्रकाशनको आयोजनामा ‘शब्दसाधना प्रस्तुतीकरण कार्यक्रम’ अन्तर्गत आज २०८३ असार २० गते शनिबार साहित्यिक तथा आध्यात्मिक भ्रमण गरियो । त्यस क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट मिर्गौलापीडित साहित्यकारलाई आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनबाट मिर्गौलापीडित साहित्यकारलाई आर्थिक सहयोग

शब्दयात्रा प्रकाशनले मिर्गाैलासम्बन्धी रोगबाट पीडित साहित्यकार तथा पत्रकार बीके पाल्पालीको उपचारका लागि ६ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । शब्दयात्रा प्रकाशनले खडा गरेको अक्षरसेवी सहयोग कोषबाट उक्त रकम सहयोग गरिएको हो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले बीके पाल्पालीकी धर्मपत्नी साहित्यकार तथा पत्रकार रेणुका भट्टराईको बैङ्क खातामा उक्त रकम गत वैशाख २४ गते बुधबार शब्दयात्रा प्रकाशनका तर्फबाट जम्मा गरिदिनुभएको थियो ।
स्मरणीय छ — शब्दयात्रा प्रकाशनले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि गरिसकेको छ । विभिन्न कारणले पीडित बनेका साहित्यकार तथा पत्रकारहरूलाई यथाशक्य आर्थिक सहयोग गर्न शब्दयात्रा प्रकाशनले अक्षरसेवी सहयोग कोषको स्थापना र सञ्चालन गर्दै आएको छ ।