Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesशब्दयात्राको ‘चिन्ताकुल’ सार्वजनिक

शब्दयात्राको ‘चिन्ताकुल’ सार्वजनिक

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ५९ औँ पुस्तक ‘चिन्ताकुल’ लाई चैत ५ गते बनेपामा आयोजित समारोहमा सार्वजनिक गरियो । प्रमुख अतिथिका रूपबाट एसएसपी रमेश खरेल र साहित्यिक पत्रकार मोहन दुवालले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गरेका थिए ।
बनेपाली प्रतिभा त्रिकालदर्शी भैलद्वारा लिखित पहिलो पुस्तक ‘चिन्ताकुल’ मा लेखकले पूर्वराजा वीरेन्द्रले मरणोपरान्त देशवासीका नाममा सम्बोधन गरेको कल्पना गरी देशको विषयवस्तुका बारेमा आफ्नो चासो र चिन्ता प्रकट गरेका छन् ।
हरि मञ्जुश्रीको मन्तव्य रहेको उक्त पुस्तक ६४ पृष्ठको छ । नेपालसुधार भैलका छोरा त्रिकालदर्शी भैल अमेरिकाको बोस्टनमा व्यवसाय गरी बस्छन् ।