Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesराममणि ढुङ्गेल र अरुणबहादुर खत्री ‘नदी’ मा पुरस्कार समर्पण

राममणि ढुङ्गेल र अरुणबहादुर खत्री ‘नदी’ मा पुरस्कार समर्पण


शब्दयात्रा प्रकाशनले साहित्यकार राममणि ढुङ्गेलमा ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, २०८३’ र साहित्यकार अरुणबहादुर खत्री ‘नदी’ मा ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार, २०८३’ समर्पण गरेको छ ।
नेपाली साहित्यका कविता, कथा र नाटक विधामा विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराउनुका साथै अनुसन्धानात्मक कृति पनि प्रकाशन गराएर स्मृतिग्रन्थ तथा स्मारिकाहरूको सम्पादनसमेत गर्नुभएको र विभिन्न नाटकहरूमा अभिनयसमेत गर्नुभएकोमा राममणि ढुङ्गेल (भक्तपुर) मा ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, २०८३’ समर्पण गरिएको हो । पुरस्कार समर्पण गर्ने क्रममा शारदा घिमिरे भैलले पुष्पमाला र उपहार, जयनारायण नेपालले रकम, चन्द्रबहादुर खड्काले शब्दयात्रा पट्ट र हरि मञ्जुश्रीले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
विभिन्न पुस्तकहरूको समीक्षा गरेर, विभिन्न स्रष्टाहरूको जीवनी लेखेर, विभिन्न विधामा साहित्यिक सिर्जना गरेर तथा पत्रिकाहरूमा साहित्यिक स्तम्भ लेखेर साढे चार दशक अघिदेखि निरन्तर कर्मशील रही नेपाली वाङ्मयको सेवा गरिरहनुभएकोमा अरुणबहादुर खत्री ‘नदी’ (तनहूँ) मा ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार, २०८३’ समर्पण गरिएको हो । पुरस्कार समर्पण गर्ने क्रममा नवराज दाहाल उत्साहीले पुष्पमाला र उपहार, अम्बिका धितालले रकम, हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट र पासाङ दोर्ची शेर्पाले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।
दुवैजनालाई अमृत अधिकारीले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।
‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ को कोष व्यवस्थापन आख्यानकार भरत जङ्गमले र ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ को कोष व्यवस्थापन पूर्वप्रशासक सूर्यप्रसाद श्रेष्ठले गर्नुभएको हो । पुरस्कृत व्यक्तित्वको चयन हरि मञ्जुश्रीको संयोजकत्वमा गठित पाँच सदस्यीय चयन समितिले गरेको हो ।