Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesविवश पोखरेल र सन्ध्या पहाडीमा रणलक्ष्मी राष्ट्रिय पुरस्कार समर्पण

विवश पोखरेल र सन्ध्या पहाडीमा रणलक्ष्मी राष्ट्रिय पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले साहित्यकारद्वय विवश पोखरेल र सन्ध्या पहाडीमा २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरेको छ । नेपाली साहित्यका कविता, कथा, व्यङ्ग्यनिबन्ध, बालकविता आदि विभिन्न विधामा कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएको र विभिन्न स्मृतिग्रन्थ तथा पत्रिकाहरूको सम्पादन गर्नुका साथै साहित्यिक संस्थाहरूको सञ्चालनमा सक्रिय रही नेपाली वाङ्मयको उत्थान गर्न सक्रिय भूमिका निर्वाह गर्नुभएकोमा विवश पोखरेल (मोरङ) मा उक्त पुरस्कार समर्पण गरिएको हो । पुरस्कार समर्पण गर्ने क्रममा जयराम श्रेष्ठले पुष्पमाला र उपहार, हरि मञ्जुश्रीले रकम र शब्दयात्रा पट्ट तथा पूर्णबहादुर कर्माचार्यले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो ।

यसै गरी नेपाली साहित्यको विशेषतः कविता र उपन्यास विधामा कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएको, विभिन्न पत्रिका तथा बुलेटिनको सम्पादन गर्नुभएको, साहित्यिक उन्नयनका लागि विद्युतीय सञ्चार–माध्यमको उपयोग गर्नुका साथै साहित्यिक संस्थाको सुसञ्चालनमा अहम् भूमिका निर्वाह गर्नुभएको हुँदा सन्ध्या पहाडी (कपिलवस्तु) मा पनि २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ पुरस्कार समर्पण गरिएको हो । पुरस्कार समर्पण गर्ने क्रममा गीता अधिकारीले पुष्पमाला र उपहार, चन्द्रबहादुर खड्काले रकम, हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट तथा विवश पोखरेलले अभिवन्दनापत्र समर्पण गर्नुभएको थियो । दुवैजनालाई अमृत अधिकारीले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो । यस पुरस्कारका कोष व्यवस्थापक साहित्यकार अमर त्यागी हुनुहुन्छ । उहाँले शब्दयात्रा प्रकाशनमार्फत हरेक वर्ष समर्पण गर्ने गरी आफ्ना पिता रणबहादुर श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठको स्मृति र सम्मानमा यस पुरस्कारको कोष व्यवस्थापन गर्नुभएको हो । पुरस्कृत व्यक्तित्वको चयन हरि मञ्जुश्रीको संयोजकत्वमा गठित पाँच सदस्यीय चयन समितिले गरेको हो ।