Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesराममणि ढुङ्गेललाई ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ समर्पण गरिने

राममणि ढुङ्गेललाई ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले साहित्यकार राममणि ढुङ्गेल (भक्तपुर) लाई २०८३ सालको ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ । उहाँले साहित्यका कविता, कथा र नाटक विधामा विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराउनुभएको छ भने उहाँको अनुसन्धानात्मक कृति पनि प्रकाशित छ । स्मृतिग्रन्थ तथा स्मारिकाहरूको सम्पादनसमेत गर्नुभएका उहाँले विभिन्न नाटकहरूमा अभिनयसमेत गर्नुभएको छ । बहुमुखी प्रतिभाशाली उहाँका यिनै योगदानका लागि उहाँलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार यही साउन १६ गते शनिबार समर्पण गरिनेछ । यस पुरस्कारको कोष व्यवस्थापन आख्यानकार तथा भ्रष्टविरोधी शास्त्रका प्रणेता भरत जङ्गमले गर्नुभएको हो । पुरस्कार ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा शब्दयात्रा प्रकाशन राममणि ढुङ्गेलप्रति हार्दिक आभार प्रकट गर्दछ ।