Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

केदार शाक्य र नीरा अधिकारीमा पुरस्कार समर्पण

शब्दयात्रा प्रकाशनले पत्रकार तथा लेखक केदार शाक्यमा ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, २०८३’ र दृष्टिविहीन उपसचिव नीरा अधिकारीमा ‘शब्दयात्रा उर्मिला श्रेष्ठ प्रशासनिक...
HomeActivitiesमाधव वियोगीलाई कविताकाव्य सम्मान समर्पण गरिने

माधव वियोगीलाई कविताकाव्य सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा वसन्त शर्मा कविता–काव्य सम्मान’ महाकाव्यकार माधव वियोगी (कास्की) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँका ९ वटा महाकाव्य र ८ वटा खण्डकाव्यसहित ४१ वटा कृति प्रकाशित छन् । उहाँले छन्द बचाऊँ र महाकाव्यलेखन अभियान चलाउनुभएको छ । उहाँजस्ता साधकमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन कवि कविप्रसाद प्याकुरेल (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी चैत महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा माधव वियोगीप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।