Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
HomeActivitiesप्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने


     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट नेपाली भाषाको समाचार वाचन गर्नुभएका उहाँले ‘रेडियो जिन्दगी’ लगायतका विभिन्न पुस्तकहरू लेख्नुभएको छ । यो सम्मान आगामी असोज महिनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजना गरिने समारोहमा समर्पण गरिनेछ । यस सम्मानको कोष व्यवस्थापन देवीप्रसाद सापकोटाका पनाति लेखक सुनिल सापकोटा (मोरङ) ले गर्नुभएको हो । सम्मान ग्रहण गर्न स्वीकृति दिएर आमसञ्चारकर्मी प्रकाशप्रसाद उपाध्यायले शब्दयात्रा प्रकाशनलाई गौरवान्वित बनाइदिनुभएको छ । स्मरणीय छ — लोकतन्त्रका लागि ‘गोर्खाली’ पत्रिका प्रकाशन गरेका देवीप्रसाद सापकोटाको निधन २०११ सालमा भएको थियो । उहाँको सालिक शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको छ ।