Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesपाठकका आँखामा हरि मञ्जुश्री सार्वजनिक

पाठकका आँखामा हरि मञ्जुश्री सार्वजनिक

रश्मि हुमागाईं र इ. रोशन अधिकारीद्वारा सम्पादित पुस्तिका ‘पाठकका आँखामा हरि मञ्जुश्री’ सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा हिजो मङ्सिर २१ गते आयोजित कार्यक्रममा लेखिका गीता अधिकारी, गायिका सरस्वती सापकोटा र शिक्षिका सीता नेपालले संयुक्त रूपमा उक्त पुस्तिका सार्वजनिक गर्नुभएको हो । पुस्तिकाको पहिलो खण्डमा हरि मञ्जुश्रीका विषयमा १२३ जना पाठकले सामाजिक सन्जालमा व्यक्त गरेका सङ्क्षिप्त विचारहरू र दोस्रो खण्डमा हरि मञ्जुश्रीको व्यक्तिगत विवरण राखिएको छ । पुस्तिकाका सम्पादक इ. रोशन अधिकारीले पुस्तिका सम्पादन गर्नुको औचित्यका बारेमा स्पष्ट पार्नुभएको थियो ।