Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

राममणि सिटौलालाई स्तम्भकार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’ राममणि सिटौला (नुवाकोट) मा समर्पण गर्ने भएको छ । उहाँले लामो समयसम्म विभिन्न पत्रिकाहरूमा स्तम्भकारका...
HomeActivitiesएउटै पुस्तक एकै दिन पाँच ठाउँबाट सार्वजनिक

एउटै पुस्तक एकै दिन पाँच ठाउँबाट सार्वजनिक

अनुसन्धाता सुदीप अधिकारीद्वारा लिखित पहिलो अनुसन्धानात्मक कृति तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २४२ औँ कृति ‘नेपालको विविध पृष्ठभूमि र योगदानमा षडानन्द’ यही २०८१ मङ्सिर २१ गते एकैपटक पाँच ठाउँबाट सार्वजनिक गरिएको छ । आबाल ब्रह्मचारी षडानन्द अधिकारीको १९० औँ जन्मजयन्तीको अवसर पारी फरक–फरक ठाउँमा आयोजित कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तकको प्रकाशक संस्था शब्दयात्रा प्रकाशनको सभाकक्ष काभ्रेपलान्चोकको बनेपामा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. कुलप्रसाद कोइराला, संस्थापक अध्यक्ष हरि मञ्जुश्री र कृतिकार सुदीप अधिकारीले थैलीबाट पुस्तक झिकेर सार्वजनिक गर्नुभएको थियो । यसै गरी भोजपुरको दिङ्ला, सुनसरीको इटहरी, मोरङको विराटनगर र झापाको दमकमा आयोजना गरिएका कार्यक्रमहरूमा पनि उक्त पुस्तकलाई सार्वजनिक गरिएको थियो । काठमाडौँमा आयोजित कार्यक्रममा समेत उक्त पुस्तकका विषयमा चर्चा गरिएको थियो ।
जानकारहरूको भनाइ अनुसार नेपालमा एउटै पुस्तक पाँच ठाउँका छुट्टाछुट्टै कार्यक्रममा एकै दिन सार्वजनिक भएको र छ ठाउँका कार्यक्रममा पुस्तकका बारेमा टिप्पणी गरिएको यो पहिलोपटक हो ।