Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

योगिना श्रेष्ठलाई पत्रकारिता छात्रवृत्ति समर्पण गरिने

शब्दयात्रा प्रकाशनले भक्तपुरको ख्वप कलेजमा पत्रकारिता विषय लिई स्नातक तह चौथो वर्षमा अध्ययन गरिरहेकी विपन्न तथा जेहेन्दार छात्रा योगिना श्रेष्ठलाई २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प...
HomeActivitiesदसैंको अवसरमा जलपान

दसैंको अवसरमा जलपान

दसैँ, तिहार, छठ र नेपाल सम्वत् ११३८ का अवसरमा शब्दयात्रा प्रकाशन, नीलकण्ठेश्वरधाम संरक्षण समिति र गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिको संयुक्त आयोजनामा शब्दयात्रा प्रकाशनको सभाकक्ष नीलकण्ठेश्वरधाम नैमिषारण्य क्षेत्र बनेपामा शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रमको आयोजना गरियो ।
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति नेपालका शैक्षिक शिरोभूषण डा. सुरेशराज शर्माको प्रमुख आतिथ्य तथा अन्वेषक तथा शिक्षासेवी राजेन्द्र विरहीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नीलकण्ठेश्वरधाम संरक्षण समितिका अध्यक्ष कृष्णमणि कुइँकेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । पदमनाथ ढुङ्गानाद्वारा सञ्चालित उक्त कार्यक्रममा गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्दप्रसाद उपाध्याय, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री र नैमिषारण्य संस्कृत गुरुकुलम्का आचार्य पर्वतराज घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सभापति राजेन्द्र विरहीले शब्दयात्रा प्रकाशनका लागि ‘जयदेव अधिकारी स्मृतिग्रन्थ’ हस्तान्तरण गर्नुभएको थियो । उक्त स्मृतिग्रन्थ शब्दयात्रा प्रकाशनका तर्फबाट जगन्नाथ गिरीले ग्रहण गर्नुभएको थियो ।
उक्त अवसरमा सुभाष स्मृति प्रतिष्ठानका तर्फबाट शिक्षासेवी रामप्रसाद अधिकारीले नीलकण्ठेश्वरधाम संरक्षण समितिका लागि कृष्णमणि कुइँकेललाई ‘सुभाष’ पत्रिका उपहारस्वरूप प्रदान गर्नुभएको थियो । उक्त पत्रिका समितिका तर्फबाट समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरूलाई दीपक तिमल्सिना र दीक्षा घिमिरेले उपलब्ध गराउनुभएको थियो ।
नैमिषारण्य संस्कृत गुरुकुलम्का वटुकहरूले स्वस्तिवाचन गरेको उक्त कार्यक्रममा मोहनविनोद बजगाईंले मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षको माला लगाइदिएर स्वागत गर्नुभएको थियो । कार्यक्रमका छायाछविकार सुदर्शन आचार्य हुनुहुन्थ्यो ।
कार्यक्रममा अग्रज लोकगायक मच्छेश्वर सापकोटा, खाइबा लामा, फणीन्द्रराज अधिकारी, श्री शर्मा मूर्ख, दण्डपाणि अधिकारी, छविलाल कुइँकेल, नानीदेवी कुइँकेल, वासुदेव कुइँकेल, पूर्णबहादुर कार्की, पुण्यवती घले, गीता कुइँकेल, राधा अधिकारी, सहदीप पलाञ्चोके आदिसहित तीनै संस्थाका महानुभावहरूको उपस्थिति रहेको थियो ।