Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesडा. मीनबहादुर विष्टलाई शिक्षा सम्मान समर्पण गरिने

डा. मीनबहादुर विष्टलाई शिक्षा सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ शिक्षासेवी तथा शैक्षिक चिन्तक प्रा. डा. मीनबहादुर विष्ट (प्युठान) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँले लामो समयसम्म विश्वविद्यालयमा शिक्षा विषयक प्राध्यापन र विद्यावारिधि उपाधिको शोधनिर्देशन गर्नुका साथै आफ्ना उत्कृष्ट शैक्षिक चिन्तनहरू पुस्तकाकार रूपमा नेपाली वाङ्मयमा प्रस्तुत गर्नुभएको छ । उहाँजस्ता शिक्षासेवी तथा शैक्षिक चिन्तकमा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी रमेश पौड्याल (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा प्रा. डा. मीनबहादुर विष्टप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।