Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesडा. छत्रपति दाहाललाई आयुर्वेद सम्मान समर्पण गरिने

डा. छत्रपति दाहाललाई आयुर्वेद सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान’ आयुर्वेदिक चिकित्सक तथा अनुवादक डा. छत्रपति दाहाल (काभ्रेपलाञ्चोक) मा समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनद्वारा गठित सम्मान्य व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई सम्मान गर्ने निर्णय गरेको हो । उहाँले आयुर्वेदिक चिकित्सकका रूपमा लामो समयसम्म सेवा गर्नुका साथै संस्कृत भाषामा लेखिएका आयुर्वेदसम्बन्धी विभिन्न ग्रन्थहरूको नेपाली भाषामा अनुवाद तथा सम्पादन गरी नेपाली वाङ्मयलाई सुम्पनुभएको छ भने अनुसन्धान पनि गर्नुभएको छ । उहाँजस्ता आयुर्वेदिक चिकित्सक, अनुवादक, सम्पादक एवं अनुसन्धातामा सम्मान समर्पण गर्न पाउनु शब्दयात्रा प्रकाशनको सौभाग्य हो । यस सम्मानको कोष व्यवस्थापन भक्तपुरका अग्रज चिकित्सक कालु वैद्यको स्मृतिमा नारायणप्रसाद वैद्य र उहाँका परिवारजन (भक्तपुर) ले गर्नुभएको हो । सम्मान आगामी जेठ महिनामा समर्पण गरिनेछ । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा डा. छत्रपति दाहालप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार प्रकट गर्दछ ।