Home Blog Page 87

मौन राजनीतिज्ञ

मौन राजनीतिज्ञ

विधा : प्रतिवेदन
सम्पादक : हरि मञ्जुश्री
प्रकाशनकाल : भदौ २०७२
मूल्य : रु. १००।–
यो पुस्तक समग्रमा भीमबहादुर तामाङद्वारा प्रस्तुत ‘पहिचान भेटिने र जातीय द्धन्द मेटिने’ प्रतिवेदनमा आधारित छ ।

सम्झनामा अनिल

सम्झनामा अनिल

विधा : स्मृतिग्रन्थ
सम्पादक : हरि मञ्जुश्री
प्रकाशनकाल : भदौ २०७२
मूल्य : रु. २००।–
‘सम्झनामा अनिल’ शब्दयात्रा प्रकाशनका अध्यक्ष ग्रन्थसम्पादक हरि मञ्जुश्रीले सम्पादन गर्नुभएको १८ औा स्मृतिग्रन्थ र ७० औा सम्पादित पुस्तक हो । अनिलकुमार पोखरेलका विषयमा श्रीमती सुमिता पोखरेलको सहयोगबाट हरि मञ्जुश्रीले तयार पार्नुभएको यस पुस्तकका नायकको वार्षिक पुण्यतिथिपछि उहााको स्मृतिमा लगाइएको श्रीमद्भागवत सप्ताहको समापनको अवसर पारी यो पुस्तक प्रकाशन गरिएको हो ।

कल्याणं भवन्तु

कल्याणं भवन्तु

विधा : कवितासङ्ग्रह
कृतिकार : कल्याण लम्साल
प्रकाशनकाल : भदौ २०७२
मूल्य : रु. १००।–
‘कल्याण भवन्तु’ मा चिन्तनप्रधान कविताहरू सङ्कलित छन् । यसमा गद्यकविताहरूको बाहुल्य छ । गीत, मुक्तक र भजनहरू पनि यसमा समाविष्ट छन् । बौद्धिक कविताहरूमा रम्न चाहने, आध्यात्मिक विषयमा रुचि राख्ने र आत्मचिन्तन गर्न खाज्ने पाठकहरूका लागि यो सङ्ग्रह उपयुक्त बौद्धिक खुराक बनेको छ । यहाा प्रस्तुत गीतहरूले आधुनिक पाठकहरूलाई पनि आकर्षित गर्नेछन् । राजनीतिक विषयवस्तु पनि कहीा–कहीा भेटिने हुनाले तिनले समेत यस सङ्ग्रहको रोचकतामा वृद्धि गराएका छन् । कवि स्वयंले यसलाई गुलियो, अमिलो, नुनिलो, पिरो, चिल्लो आदि खाद्य वस्तु एकै ठाउामा मिसाई बनाइएको ‘चाट’ भन्नुभएको छ । यो नै यस सङ्ग्रहको विशिष्टता र मौलिकता हो ।

वन्दे नेपाल मातरम्

वन्दे नेपाल मातरम्

विधा : महाकाव्य
कृतिकार : श्रीधर प्याकुर्‍याल
प्रकाशनकाल : १५ भदौ २०७२
मूल्य : रु. २५०।–
पढ्दा काव्य रहेछ धेर रसिलो, यो तीस अध्यायको ।
राखेको अनुवाद भावसहितै ‘नेपाल माहात्म्य’ को ।।
हाम्रो संस्कृति, धर्म, शिल्प र कला यद्वा पुरातत्त्वको ।
नेपाली इतिहासको सुरभि यो, प्राचीन संस्कारको ।।
यस्तो काव्य दिने सुशील कविजी ! धेरै नमस्कार छ ।
छाप्ने स्वीकृति जो भयो, अब त्यही सानन्द स्वीकार छ ।।
हाम्रो ‘अक्षरधाम’ बाट फिाजियोस् यो ‘शब्दयात्रा’ पना ।
यस्ता काव्य अरू–अरू अझ बनून्, गर्दैछु यो कामना ।।

माटो

माटो

विधा : यात्रा संस्मरण
कृतिकार : पोष चापागाईं
प्रकाशनकाल :
मूल्य : रु.

विगततिर नियाल्दा

विगततिर नियाल्दा

विधा : संस्मरणसङ्ग्रह
कृतिकार : रामगोपाल वरुण
प्रकाशनकाल : जेठ २०७२
मूल्य : रु. २००।–
‘विगततिर नियाल्दा’ रामगोपाल वरुणको जीवनकथा, आत्मवृत्त या आत्मकथा । आत्मकथा पनि साहित्यको एक विधा निबन्धको एउटा हाागा । साहित्यमा आत्मकथ्य होस् कि कुनै अर्को लेखन, लेखेर राखुन्जेल आफ्नो, छपाइसकेपछि अर्कैको हुन्छ । त्यसमाथि टिप्पणी गर्नमा अर्काको पनि हक लाग्छ । त्यसलाई अर्काेले आफ्नो आाखाले हेर्छ । त्यो हुन्छ पाठकको आाखा । आाखा अर्थात् दृष्टिकोण, अनि कृतिले समाजमा पार्ने–नपार्ने र पारेको–नपारेको प्रभावको मूल्याङ्कन गर्ने क्षमता । त्यसैले त्यो आगत पनि हो । आगतले विगतलाई नियाल्छ र शिक्षा लिन्छ, शिक्षा दिन्छ । ‘विगततिर नियाल्दा’ लाई आगतबाट नियाल्दा कस्तो देखिएला, त्यो कौतूहलको विषय हुन सक्छ अहिलेका लागि ।

झण्डा झुक्नु हुादैन

झण्डा झुक्नु हुादैन

विधा : गजलसङ्ग्रह
अनुवादक : मुरहरि रायमाझी
प्रकाशनकाल : चैत २०७१
मूल्य : रु. १००।–
‘झण्डा झुक्नु हुादैन’ भित्रको चिन्तन प्रगतिको सम्वाहनतर्फ उन्मुख, शैली नवीनतातर्फ उन्मुख, वृत्त विस्तृतीकरणतर्फ उन्मुख र विषय पृथक्तातर्फ उन्मुख । अनि यो कृति कृतिकारको चिन्तनकला, व्यवहारकला र अभिव्यक्तिकलाको नमुना । कृतिकारको समग्र व्यक्तित्वको अङ्ग–उपाङ्गसहित परिचय दिन्छ यसले । यो कृतिकारको पिरलोको कथा, मुलुकको दुर्दशाको गाथा र सम्वेदना क्षीण हुादै जाादाको व्यथा । बोध छ यसभित्र व्यक्तिप्रेमको महत्ताको, समूहप्रेमको महत्ताको, समाजप्रेमको महत्ताको र मुलुकप्रेमको महत्ताको । अनि यो हो व्यापक दृष्टि मानवीय सत्ताको र चारित्रिक इयत्ताको । थोरैमा धेरै यसको विशेषता । प्रवाहशीलता, शीलता, साधुता, सरसता र समन्वयता यसको विशिष्टता ।

रुादै नेपालभूमि

रुादै नेपालभूमि

विधा : निबन्धसङ्ग्रह
कृतिकार : विकासराज खरेल ‘तराईन’
प्रकाशनकाल : फागुन २०७१
मूल्य : रु. १००।–
‘रुादै नेपालभूमि’ आफ्नो मातृभूमिको दुर्दशा देखेर कृतिकारको हृदयले निकालेको खिन्नतायुक्त आवाज हो । यस कृतिमा नेपाली कसरी नेपाली बनेका अनेपालीबाट पीडित हुादैछन् भन्ने कुरा कृतिकारले देखाउन खोज्नुभएको छ । मातृभूमिको व्यथाबाट व्यथित हुादै उहााले लेख्नुभएको यो कृति पढेर धेरै नेपालीले आफ्नो भावना यस कृतिमा अभिव्यक्त भएको पाउनेछन् ।

सोमालिया चिन्तन

सोमालिया चिन्तन

विधा : प्रतिक्रियासङ्ग्रह
सङ्कलक : श्यामकृष्ण लम्साल
प्रकाशनकाल : फागुन २०७१
मूल्य : रु. ७५।–
‘हाम्रो देश त्यस्तो नहोस्’ नेपालको राजनीतिक र बौद्धिक वृत्तमा बहुचर्चित बनेको कृति हो । कृति प्रकाशित भएपछि यस पुस्तकका विषयमा लिखित तथा मौखिक रूपमा थुप्रै प्रतिक्रियाहरू प्राप्त भए । सबै प्रतिक्रियाहरू मुलुकप्रति सम्वेदनशील बनेर प्रस्तुत भएका थिए । तीमध्ये केही प्रतिक्रियाहरू पत्रिकाहरूमा पनि प्रकाशित भएका थिए । प्रकाशित प्रतिक्रियाहरूलाई सङ्कलन गरेर अर्काे पुस्तकको प्रकाशन गर्नु आवश्यक भइसकेको थियो । किनभने ती प्रतिक्रियाहरूमा पनि मुलुकप्रतिको चासो र चिन्ता व्यक्त भएका थिए र विभिन्न क्षेत्रबाट नेपाललाई सोमालियाको स्थितिमा पुग्न नदिने अठोट पनि गरिएका थिए । त्यसैले तिनलाई सङ्कलन गरी प्रकाशन गरिएको हो ।

सावित्री चरित्र

सावित्री चरित्र

विधा : लघुकाव्य
सम्पादक : हरि मञ्जुश्री
प्रकाशनकाल : फागुन २०७१
मूल्य : रु. ७५।–
ऐतिहासिक व्यक्तित्व देवीप्रसाद सापकोटाद्वारा लिखित र हरि मञ्जुश्रीद्वारा सम्पादित यो पुस्तक कृतिकारको व्यक्तित्वजस्तै ऐतिहासिक महत्त्वकै पुस्तक हो । नेपाली साहित्यको सेवा गर्ने हाम्रो प्रयत्नको यो अर्काे शृङ्खला हो ।