Home Blog Page 33

अक्षयकोषमा २ लाख रुपियाँ थप

0

शब्दयात्रा प्रकाशनको छात्रवृत्ति अक्षयकोषमा २ लाख रुपियाँ थप गरिएको छ । शब्दयात्रा प्रकाशनसँग भएको सम्झौताका आधारमा ‘शब्दयात्रा माधवी अधिकारी छात्रवृत्ति’ का लागि उक्त रकम अक्षयकोषमा थप गरिएको हो ।

२३४. सत्य गीता ज्ञान

लेखन विधामा पहिलोपटक कलम चलाउनुभएकी लेखिका गीतादेवी शर्माले आफ्ना भावनाहरू जेजस्तो रूपमा प्रकट गर्नुभयो र जेजस्तो रूपमा अक्षराङ्कित पाण्डुलिपि प्राप्त भयो, लेखिकाको भावना बुझेर त्यस रूपमा नै ‘सत्य गीता ज्ञान’ यहाँ प्रस्तुत भएको छ । लेखिकाको मौलिकता यथावत रहोस् भन्ने सोचले हामीले लेखनमा परिमार्जन, संशोधन, सम्पादन गरेका छैनौँ । भित्री साजसज्जा, बाहिरी साजसज्जा, मुद्रण आदिजस्ता प्राविधिक सहयोगहरू चाहिँ हामीले गरेका हौँ ।

२३३. चमेली

यज्ञप्रसाद उपाध्याय त्रिपाठीद्वारा लिखित ‘चमेली’ मा ५१ सर्ग छन् भने जम्मा २ हजार ७ सय ८ श्लोक छन् । यी श्लोकलाई छन्दोबद्ध गर्न नसके पनि यथासम्भव लयबद्ध पार्ने प्रयास कृतिकारले गर्नुभएको छ । भाषा–व्याकरण पनि उहाँकै इच्छाबमोजिम जस्ताको तस्तै राखिएको छ । जीवनको उत्तरार्धमा पुगेका व्यक्तिमा गुम्सिएर बसेको प्रतिभाबाट जस्तोसुकै रूपमा कृति तयार पारिए पनि त्यसलाई समाजसमक्ष ल्याइदिनुपर्छ भन्ने अभिप्रायले यस कृतिको प्रकाशन गरिएको हो ।

रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार ललिता दोषी र सरस्वती सापकोटामा समर्पण

0

साहित्यकार ललिता दोषी (गुल्मी) र गायिका सरस्वती सापकोटा (काभ्रेपलान्चोक) लाई २०८१ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ संयुक्त रूपमा समर्पण गरिएको छ । विभिन्न विधाका साहित्यिक कृतिहरूको सिर्जना तथा प्रकाशन गरी नेपाली साहित्यको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा साहित्यकार ललिता दोषीलाई र बागमती क्षेत्रका विभिन्न लोकलयलाई सुमधुर स्वर र गायकीका माध्यमबाट नेपालभरि विस्तार गरेर नेपाली गीति क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा गायिका सरस्वती सापकोटालाई ८–८ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, रुद्राक्षमाला र उपहारसहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि कोषको व्यवस्थापन पितामाताको स्मृतिमा कवि अमर त्यागीले गर्नुभएको हो । पुरस्कार समर्पण गर्दा कोष व्यवस्थापक नेपालबाहिर हुनुभएकाले उहाँका तर्फबाट उपहार र भेटी ललिता दोषीलाई गीता अधिकारीले तथा सरस्वती सापकोटालाई निर्मला श्रेष्ठले हस्तान्तरण गर्नुभएको थियो भने प्रा. रामकुमार पाँडेले अभिवन्दनापत्र, प्रेमकण्ठ माकजू श्रेष्ठले ललिता दोषीलाई र ललिता दोषीले सरस्वती सापकोटालाई शब्दयात्रा पट्ट र केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।

२३२. सय पाइला पैले

‘सय पाइला पैले’ खेमराज शर्माद्वारा लिखित आञ्चलिक उपन्यास हो ।  यसमा एक सय वर्ष पहिलेको नेपाली ग्रामीण समाजको विषयवस्तुलाई उठाइएको छ । उपन्यासमा पश्चिम नेपालको परिवेशको चित्रण गरिए पनि लोकव्यवहार र जनजीवनको चित्रण पूर्वी नेपालसँग पनि मिल्दोजुल्दो छ । पाठकले यसमा नेपालको पहाडे जीवन भेट्टाउनेछ र आफ्ना पुर्खाहरूको तत्कालीन अवस्था थाहा पाउनेछ ।

२३१. अर्काको आँखामा आफू

प्रा. रामकुमार पाँडेद्वारा सम्पादित ‘अर्काको आँखामा आफू’ प्रा. रामकुमार पाँडेको हास्यव्यङ्ग्य सिर्जना, कविता सिर्जना, बालसाहित्य सिर्जना, कला सिर्जना, भूगोल विषयको सिर्जना र शिक्षा विषयको सिर्जनामाथि समालोचकीय दृष्टिकोण तथा उहाँको व्यक्तित्व, उहाँका केही पुस्तकका प्रकाशकीय र उहाँप्रति अरूको दुष्टि उल्लेख गरिएका एक सय पाँचवटा लेख–संस्मरण र विचारहरू सङ्कलन गरिएका छन् ।

महोत्तरी प्रतिभा पुरस्कार राप्रउ पोखरेलमा समर्पण

0

लेखक तथा चिन्तक राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल) लाई २०८१ सालको ‘शब्दयात्रा बद्रीविक्रम थापा महोत्तरी प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । नेपाली राष्ट्रिय परिवेशको भावभूमिमा साहित्य, संस्कृति, दर्शन र सामाजिक अध्ययनलाई आधार बनाई विचारशील र राष्ट्रप्रेमयुक्त कृतिहरूको लेखन–प्रकाशन गरेर नेपाली समाजको सकारात्मक रूपान्तरणका लागि वाङ्मयका माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई २५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, रुद्राक्षमाला र उपहारसहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि कर्मयोगी बद्रीविक्रम थापाका स्ुपुत्र समाजसेवी किरण थापाको सक्रियतामा कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले कोषको व्यवस्थापन गरेको छ । पुरस्कार समर्पण गर्दा प्रा. रामकुमार पाँडेले अभिवन्दनापत्र, लीलादेवी श्रेष्ठले शब्दयात्रा पट्ट, गीता अधिकारीले उपहार र भेटी तथा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।

दूरदर्शी नेतृत्व पुरस्कार सुमित्रा चौलागाईंमा समर्पण

0

समाजसेवी सुमित्रा चौलागाईं अथवा सुमी मानव (मकवानपुर) लाई २०८१ सालको ‘शब्दयात्रा हरि मञ्जुश्री दूरदर्शी नेतृत्व पुरस्कार’ समर्पण गरिएको छ । ‘मानव कल्याण समाज सेवाघर’ नामक सामाजिक संस्था खोली आफ्ना परिवारजन, नातासम्बन्धी र जनस्तरका उदारमना स्वदेशी दाताहरूसँग सहयोग मागेर बाल–बृद्ध–असहायहरूलाई खाने, बस्ने, पढाउने, औषधोपचार गर्ने र धार्मिक संस्कार गर्नेसमेत व्यवस्था गर्नुका साथै जनस्तरकै सहयोगमा त्यस संस्थालाई दिगो बनाउन सक्रिय भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, रुद्राक्षमाला र उपहारसहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि कोषको व्यवस्थापन रश्मि हुमागाईं र इन्जिनियर रोशन अधिकारीले संयुक्त रूपमा गर्नुभएको हो । सुमित्रा चौलागाईं नेपालबाहिर रहनुभएकाले उहाँको प्रतिनिधित्व गर्दै मानव कल्याण समाजका केन्द्रीय सचिव विजयकुमार पोखरेल कार्यक्रममा उपस्थित हुनुभएको थियो । पुरस्कार समर्पण गर्दा कोष व्यवस्थापकका हजुरबुबा दण्डपाणि अधिकारीले अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र भेटी तथा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला विजयकुमार पोखरेललाई हस्तान्तरण गर्नुभएको थियो ।

सिन्धुली प्रतिभा पुरस्कार प्रोल्लास सिन्धुलीयमा समर्पण

0

साहित्यकार प्रोल्लास सिन्धुलीयलाई २०८१ सालको ‘शब्दयात्रा जीवनचन्द्र कोइराला सिन्धुली प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । कविता, कथा, निबन्ध, उपन्यास, बालसाहित्य जस्ता विभिन्न विधाहरूमा साहित्यिक सिर्जना गरी तिनमा रहेको कल्पनाको वेग र यथार्थको प्रस्तुतिलाई हृदयस्पर्शी बनाउन सफल हुनुका साथै साहित्यिक पत्रकारिता र भाषासेवाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकोमा उहाँलाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमालासहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि ग्रन्थसम्पादक जीवनचन्द्र कोइरालाकी धर्मपत्नी मनिका शर्मा कोइरालाले कोषको व्यवस्थापन गर्नुभएको छ । पुरस्कार समर्पण गर्दा प्रा. रामकुमार पाँडेले अभिवन्दनापत्र, महात्मा सुशीलले शब्दयात्रा पट्ट, मनिका शर्मा कोइरालाले उपहार र भेटी तथा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।

काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार प्रेमकण्ठ माकजूमा समर्पण

0

उद्यमी प्रेमकण्ठ माकजू श्रेष्ठलाई २०८१ सालको ‘शब्दयात्रा सारथि काभ्रेपलान्चोक उद्यमशीलता पुरस्कार’ समर्पण गरिएको छ । कठिन परिस्थितिसँग सङ्घर्ष गरी उद्यमी बन्नुभएको, उद्यमीकै रूपमा सामाजिक विकासका लागि योगदान गर्नुभएको र आफ्नो उद्यमशीलताबाट केही रोजगारीसमेत सिर्जना गर्न सक्षम बन्नुका साथै देशका विभिन्न स्थानमा आफ्नो उद्यमशीलताका प्रभावहरू विस्तार गरेर प्रेरणादायी व्यक्तित्व बन्न सफल हुनुभएकोमा उहाँलाई १५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, उपहार र रुद्राक्षमालासहित उक्त पुरस्कार समर्पण गरिएको हो । हरेक वर्ष समर्पण गरिने यस पुरस्कारका लागि कोषको व्यवस्थापन सारथि ग्रुपका कार्यकारी अध्यक्ष तथा समाजसेवी प्रह्लाद प्याकुरेलले गर्नुभएको छ । पुरस्कार समर्पण गर्दा प्रा. रामकुमार पाँडेले अभिवन्दनापत्र, प्रोल्लास सिन्धुलीयले शब्दयात्रा पट्ट, प्रह्लाद प्याकुरेलले उपहार र भेटी तथा केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला समर्पण गर्नुभएको थियो ।