शब्दयात्रा प्रकाशनको नवीनतम कार्यक्रम ‘शब्दसंवाद’ आज मङ्गलबारदेखि प्रारम्भ हुने भएको छ । आज अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा यस कार्यक्रमको पहिलो शृङ्खला प्रस्तुत हुने जानकारी संयोजक पदमनाथ ढुङ्गानाले गराउनुभएको छ ।
आजको कार्यक्रमका प्रमुख वक्ता आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ रहनुहुनेछ ।
शब्दसंवाद सुरु
आफ्नो सुनाऔं, अरूको सुनौं
आफ्नो योगदान राष्ट्रमा पु¥याउन र अरूको योगदानबाट प्रेरणा लिन हरेक मङ्गलबार अपराह्न ४ बजे १ घन्टाका लागि शब्दयात्रा प्रकाशनको सभाकक्षमा पुगौँ । समाजको हितमा केही न केही योगदान गरेका कर्मयोद्धाहरूलाई राष्ट्रमा परिचित गराउन र उनीहरूको अनुभवबाट अरूलाई प्रेरणा दिलाउन शब्दयात्रा प्रकाशनले प्रारम्भ गरेको साप्ताहिक कार्यक्रम ‘शब्दसंवाद’ मा सहभागी बनौँ । हरेकपटक नयाँ जानकारी पाइनेछ । आफूले सुनाएका कुरा पहिले पत्रिकामा र पछि पुस्तकमा छापिनेछन् । आफ्नो सुनाऔँ, अरूको सुनौँ ।
शब्दसंवाद (साप्ताहिक कार्यक्रम)
शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा — १०, काभ्रे
आफ्नो योगदान राष्ट्रमा पु¥याऊँ अरूको योगदानबाट प्रेरणा लिऊँ
कसरी ?
समाजका लागि केही न केही योगदान गरेका कर्मयोद्धाहरूलाई राष्ट्रमा परिचित गराउन
र उनीहरूको अनुभवबाट अरूलाई प्रेरणा दिलाउन
शब्दयात्रा प्रकाशनले
‘शब्दसंवाद’
नामको शृङ्खलाबद्ध साप्ताहिक कार्यक्रम सुरु गर्न लागेको छ ।
कार्यक्रम हरेक मङ्गलबार अपराह्न ४ बजे
शब्दयात्रा प्रकाशनको आफ्नै सभाकक्षमा हुनेछ ।
त्यस कार्यक्रममा सहभागी बनौं ।
कार्यक्रम कस्तो हो, आफ्नो योगदान राष्ट्रमा पु¥याउन शब्दयात्रा प्रकाशनले कसरी सहयोग गर्छ, त्यसमा कसरी सहभागी हुने हो, यस्ता प्रश्नहरूको उत्तर पाउन हामीसँग सम्पर्क राख्नुहोस् ।
सम्पर्कका लागि दूरभाषाङ्क :
९७४१०६२१९० (हरि मञ्जुश्री), ९८४९२८४३६९ (शारदाप्रसाद शर्मा), ९८४११०७३१० (पदमनाथ ढुङ्गाना)
हार्दिक बधाई
शब्दयात्रा प्रकाशनका शुभेच्छुक सोमकाजी शाक्य र गोविन्दबहादुर थापा नेपाली लेखक सङ्घ काभ्रे शाखाको उपाध्यक्ष र सदस्य बन्नुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
अक्षरधाम, बनेपा — १०, काभ्रे
हार्दिक बधाई
यस संस्थाका हितैषी जीवनचन्द्र कोइराला नेपाल नेत्रज्योति सङ्घ काठमाडौं जिल्ला कार्यसमितिको सदस्य पदमा चयन हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
अक्षरधाम, बनेपा — १०, काभ्रे
सालिकका लागि शब्दयात्रालाई सहयोग
शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा नेपालका सर्वमान्य चार व्यक्तित्वको सालिक स्थापना गर्नका लागि प्रारम्भ गरेको अभियानलाई सघाउन आर्थिक सहयोग गर्ने दाताहरूको सङ्ख्या बढिरहेको छ ।
दाताका रूपमा संस्कृतिविद् ज्ञानकाजी मानन्धर (बनेपा, काभ्रे) ले ५ हजार १ सय रुपियाँ र आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ (बनेपा, काभ्रे) ले १० हजार रुपियाँ शब्दयात्रा प्रकाशनलाई सालिकको निर्माण र स्थापना गर्नका लागि आर्थिक सहयोग गर्नुभएको छ ।
‘शब्दसंवाद’ कार्यक्रम सुरु गरिने
शब्दयात्रा प्रकाशनले ‘शब्दसंवाद’ नामको साप्ताहिक कार्यक्रम सुरु गर्ने निधो गरेको छ । उक्त कार्यक्रम हरेक मङ्गलबार दिउँसो ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा गरिने पनि तय गरिएको छ । आवश्यकताअनुसार अन्य दिनहरूमा पनि कार्यक्रम सञ्चालन गर्न सकिनेछ । ‘शब्दसंवाद’ कार्यक्रमका लागि पदमनाथ ढुङ्गानालाई संयोजक तोकिएको छ ।
‘शब्दसंवाद’ कार्यक्रममा हरेक साता फरक–फरक व्यक्तिले सम्बन्धित विधामा आफ्ना विचार, चिन्तन र आत्मकथ्य प्रस्तुत गर्नेछन् । त्यसलाई संयोजकबाट लिपिबद्ध गरिनेछ र त्यसलाई त्यस हप्तापछि प्रकाशित हुने ‘नेपालभूमि साप्ताहिक’ मा प्रकाशित गरिनेछ । एक वर्ष पुगेपछि ती सबै सामग्रीहरू तस्बिरसहित शब्दयात्रा प्रकाशनले पुस्तकका रूपमा प्रकाशित गर्नेछ ।
‘शब्दसंवाद’ कार्यक्रममा जुनसुकै व्यक्तिले पनि आफूले जानकारी राखेको विधा र विषयमा आफ्ना विचार र चिन्तनका साथै आत्मकथ्यसमेत प्रस्तुत गर्न पाउनेछन् । यस कार्यक्रमलाई ‘कर्मयोद्धासँग शब्दसंवाद’ नाउँ दिइएको छ ।
‘शब्दसंवाद’ कार्यक्रमको संयोजक बन्नुभएकोमा पदमनाथ ढुङ्गानालाई हार्दिक बधाई !
हार्दिक बधाई
यस संस्थाका हितैषी अग्रज रङ्गकर्मी हरिबहादुर थापा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सम्मानित हुनुभएकोमा हार्दिक बधाई अर्पण गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
अक्षरधाम, बनेपा — १०, काभ्रे
हार्दिक बधाई !
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदमा प्रा. डा. रामकण्ठ माकजू श्रेष्ठ गत २०७३ साल माघ ७ गते ४ वर्षका लागि नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
(नेपालभूमि साप्ताहिक पत्रिका, शब्दसञ्चार साप्ताहिक रेडियो कार्यक्रम, अक्षरधाम मासिक पत्रिका)
अक्षरधाम, बनेपा — १०, काभ्रे
हार्दिक बधाई
यस संस्थाबाट संस्थापित प्रशासनिक महिला प्रतिभा सम्मानबाट सम्मानित शुभ श्रेष्ठ प्रश्रित प्रतिष्ठान नेपालबाट पनि सम्मानित हुनुभएकोमा हार्दिक बधाई अर्पण गर्दछौं ।
शब्दयात्रा प्रकाशन परिवार
अक्षरधाम, बनेपा — १०, काभ्रे

