शब्दयात्रा प्रकाशनले काभ्रेको बनेपामा नेपालका सर्वमान्य चार व्यक्तित्वको सालिक स्थापना गर्नका लागि प्रारम्भ गरेको अभियानलाई सघाउन आर्थिक सहयोग गर्ने दाताहरूको सङ्ख्या बढिरहेको छ ।
दाताका रूपमा संस्कृतिविद् ज्ञानकाजी मानन्धर (बनेपा, काभ्रे) ले ५ हजार १ सय रुपियाँ र आध्यात्मिक लेखक तुतुकाजी प्रणामी श्रेष्ठ (बनेपा, काभ्रे) ले १० हजार रुपियाँ शब्दयात्रा प्रकाशनलाई सालिकको निर्माण र स्थापना गर्नका लागि आर्थिक सहयोग गर्नुभएको छ ।