Home Blog Page 196

‘शब्दसंवाद’ मा डा. नवराज खतिवडा

0

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को अट्ठाइसौँ शृङ्खलाको प्रमुख वक्ताका रूपमा काठमाडौँ विश्वविद्यालय वातावरण विभागका सहप्राध्यापक डा. नवराज खतिवडा प्रस्तुत हुनुभयो । उहाँले ‘शब्दप्रेम’ का विषयमा पावर प्वाइन्टका माध्यमबाट आफ्ना सारगर्भित धारणाहरू, आफ्नो लेखनयात्रा र लेखनकौशलका बारेमा प्रस्ट पार्नुभयो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र कार्यक्रमका सञ्चालक पदमनाथ ढुङ्गानाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा शारदाप्रसाद शर्मा, मच्छेश्वर सापकोटा, कृष्णमणि कुइँकेल, दामोदर घिमिरे, छविलाल कुइँकेल, फणीन्द्रराज अधिकारी, रामप्रसाद अधिकारी, श्री शर्मा मूर्ख, विष्णुहरि तिमल्सिना, रघु कर्माचार्य, गङ्गा लुइँटेल, पूर्णबहादुर कार्की, पूर्णबहादुर कर्माचार्य, सिद्धिबहादुर कर्माचार्य, धनमाया खत्री, भवानी पाण्डे, अम्बिका धिताल, रोशन मञ्जुश्री, दीपक तिमल्सिना, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।
आगामी शुक्रबार तीजको सन्दर्भ परेको हुनाले ‘शब्दसंवाद’ कार्यक्रम सञ्चालन नगरिने, त्यसपछिको शुक्रबारदेखि फेरि नियमित रूपमा शब्दयात्रा प्रकाशनको नयाँ कार्यालय बनेपा — ६ कृष्ण–गीता परिसरमा सञ्चालन हुने जानकारी उक्त कार्यक्रममा गराइएको थियो ।

सकुल, पदम र निर्मलाको मनोनयन

0

शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण समितिमा शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्यहरूमध्येबाट सकुल थापा, कार्यक्रम सञ्चालकहरूमध्येबाट पदमनाथ ढुङ्गाना र सम्मानकोषका दाताहरूमध्येबाट निर्मलाकुमारी यगोल श्रेष्ठलाई सदस्य मनोनयन गरिएको छ ।
केही सदस्यहरू अझै मनोनयन गरिने जानकारी शब्दयात्रा प्रकाशनले गराएको छ ।

पुरुषोत्तम सापकोटा, प्रेम कैदी, वसन्त चित्रकार र दायित्वलाई सम्मान गरिने

0

शब्दयात्रा प्रकाशनले आध्यात्मिक पत्रकारिता सम्मानबाट पुरुषोत्तम सापकोटालाई, नेपालभूमि स्तम्भकार सम्मानबाट प्रेम कैदीलाई, फोटो पत्रकारिता सम्मानबाट वसन्त चित्रकारलाई र साहित्यिक पत्रिका सम्मानबाट दायित्व (द्वैमासिक) लाई सम्मान गर्ने भएको छ ।
शब्दयात्रा प्रकाशनले हरेक वर्षको भदौ महिनामा समर्पण गर्ने गरेका पत्रकारिता क्षेत्रका चार विधाका यी सम्मानहरू २०७४ सालका लागि घोषणा भएका हुन् ।
पुरुषोत्तम सापकोटाले लामो समयसम्म रेडियो नेपालको धार्मिक कार्यक्रम सञ्चालन तथा आध्यात्मिक प्रवचन गर्नुभएको छ भने प्रेम कैदीले ‘रातो युगधारा’ लगायतका साप्ताहिक पत्रिकाको सम्पादन लामो समयसम्म गर्नुभएको छ । यसै गरी वसन्त चित्रकारले गोरखापत्र संस्थानमा लामो समयसम्म फोटो पत्रकारिता गर्नुभएको छ भने ‘दायित्व’ पत्रिका साहित्यिक द्वैमासिकका रूपमा २०४७ सालदेखि नियमित रूपमा प्रकाशन भइरहेको छ ।
हरेक सम्मानमा पाँच हजार रुपियाँ, उपहार, किरीट र अभिवन्दनापत्र समर्पण गरिन्छ । त्यसका लागि शब्दयात्रा प्रकाशनलाई विभिन्न व्यक्तिहरूले कोषको व्यवस्था गरिदिनुभएको छ ।
सम्मानित व्यक्तिहरूको निर्णय गर्नका लागि बीसौँ सम्मानित व्यक्तित्व चयन समितिमा रहनुभएका पूर्णबहादुर कर्माचार्य, सुनील सापकोटा र अम्बिका धितालको बैठकले सिफारिस गरेको हो ।

शब्दयात्राबाट ‘कल्याणं ब्रुवन्तु’

0

शब्दयात्रा प्रकाशनको ८९ औँ प्रकाशनपुष्पका रूपमा कवि कल्याण लम्सालद्वारा लिखित तेस्रो कवितासङ्ग्रह ‘कल्याणं ब्रुवन्तु’ प्रकाशन हुन लागेको छ । यसअघि कल्याण लम्सालका दुई कवितासङ्ग्रह ‘कल्याण कविता’ र ‘कल्याणं भवन्तु’ पनि शब्दयात्रा प्रकाशनबाटै प्रकाशित भएका थिए ।
कवि कल्याण लम्सालले शब्दयात्रा प्रकाशनद्वारा संस्थापित शब्दयात्रा सिर्जना सम्मानका लागि आर्थिक व्यवस्थापन गर्नुभएको छ ।

‘माधुरी आचार्य’ भदौमा आउने

0

शब्दयात्रा प्रकाशनको ८८ औँ प्रकाशनपुष्पका रूपमा ‘माधुरी आचार्य’ नामको लघु–उपन्यास यही भदौ महिनाको दोस्रो सातादेखि पाठकवर्गको हातमा आउने भएको छ । शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइँकेलको कथावस्तुमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको लेखन रहेको यो उपन्यासको नाउँ उपन्यासकी मूल पात्राको नाउँबाट राखिएको हो ।
उपन्यासका भूमिकाकारहरूले यस उपन्यासलाई नेपाली गद्यशैलीको चमत्कारका रूपमा लिँदै यसलाई हालको दुई दशकभित्रको उत्कृष्ट उपन्यास भनेका छन् ।

‘शब्दसंवाद’ मा पूर्णबहादुर कर्माचार्य

0

शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को २७ औँ शृङ्खला गत २०७४ साउन २७ गते अपराह्न ४ बजे शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । उक्त शृङ्खलामा शिक्षासेवी तथा समाजसेवी पूर्णबहादुर कर्माचार्यले प्रमुख वक्ताका रूपमा उपस्थित भई शिक्षासेवा र समाजसेवाका विषयमा आफ्ना धारणाहरू प्रस्तुत गर्नुभयो । कवयित्री भवानी पाण्डेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख वक्ताको सङ्क्षिप्त चिनारी गराउँदै कार्यक्रमलाई व्यवस्थित गर्ने कार्य कार्यक्रमका सञ्चालक पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो ।
उक्त कार्यक्रममा हरि मञ्जुश्री, मच्छेश्वर सापकोटा, ओतबहादुर खड्का, सुनील सापकोटा, पूर्णबहादुर कार्की, पुण्यवती घले, तुतुकाजी प्रणामी श्रेष्ठ, चुलेन्द्र ढकाल, श्री शर्मा मूर्ख, अम्बिका धिताल, दामोदर घिमिरे, ध्रुवप्रसाद ढुङ्गेल, सकुल थापा, सुमन खड्का, सहदीप पलाञ्चोके, दीपक तिमल्सिना, दीक्षा घिमिरे आदिको उपस्थिति रहेको थियो ।
आगामी शृङ्खलाका प्रमुख वक्ताका रूपमा लेखक डा. नवराज खतिवडा प्रस्तुत हुने जानकारी गराइएको थियो ।

निर्माण समितिमा मनोनयन

0

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण समितिमा जग्गादाता कृष्णमणि कुइँकेललाई मनोनयन गर्नुभएको छ ।
आवश्यकताअनुसार बाँकी सदस्यहरूको मनोनयन पछि गरिने जानकारी हरि मञ्जुश्रीले गराउनुभएको छ ।

एकजनाको सालिक थप

0

शब्दयात्रा प्रकाशनले नेपालका चारजना शीर्ष व्यक्तित्वको सालिक बनेपाको कृष्ण–गीता परिसरमा स्थापना गर्न लागेकोमा एकजनाको सालिक थप गरेर पाँचजनाको सालिक स्थापना गर्ने भएको छ ।
विज्ञान–प्रविधि विधामा त्रिभुवन प्रज्ञा पुरस्कार पहिलोपटक प्राप्त गर्ने प्रथम नेपाली वैज्ञानिक नरबहादुर भारतीको सालिक शब्दयात्रा प्रकाशनले थप गर्न लागेको हो ।

शब्दयात्राको कार्यालय सारिने

0

शब्दयात्रा प्रकाशनको कार्यालय आगामी भदौ महिनादेखि नीलकण्ठेश्वर महादेव मन्दिर परिसरमा निर्मित भवनमा रहने भएको छ । शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वरधाम संरक्षण समितिका बीचमा भएको सम्झौताअनुसार शब्दयात्रा प्रकाशनको कार्यालय साउन महिनाको अन्त्यदेखि त्यस भवनमा सर्ने भएको हो ।
शब्दयात्रा प्रकाशनले शब्दयात्रा बहुआयामिक अनुसन्धान प्रतिष्ठानको संरचना निर्माण गर्न लागेको कृष्ण–गीता परिसर नीलकण्ठेश्वरधामकै निकटमा रहेको हुनाले कार्यालय सार्न लागिएको हो ।

शब्दयात्रालाई एक लाख पन्ध्र हजार

0

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेलबाट कवितासङ्ग्रहको प्रकाशन गर्ने प्रथम कवयित्री सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठले शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष शिक्षक–शिक्षिकालाई सम्मान गर्न अक्षयकोष राख्ने प्रयोजनका लागि शब्दयात्रा प्रकाशनलाई एक लाख पन्ध्र हजार रुपियाँ उपलब्ध गराउनुभएको छ । उहाँले उक्त रकमको चेक शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीलाई हस्तान्तरण गर्नुभएको हो ।
सुश्री निर्मलाकुमारी यगोल श्रेष्ठद्वारा लिखित ‘मेरो देश मेरो गौरव’ कवितासङ्ग्रह शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएको थियो ।