शब्दयात्रा प्रकाशनको छैटौँ सम्मानित व्यक्तित्व चयन समितिका सदस्य श्रीमती कान्ता भट्टराई नेपाल सरकारको राज्यमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्रा प्रकाशनको छैटौँ सम्मानित व्यक्तित्व चयन समितिका सदस्य श्रीमती कान्ता भट्टराई नेपाल सरकारको राज्यमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।
शब्दयात्रा लेखक समाजका सदस्य, शब्दयात्रा प्रकाशनको तेह«ौँ सम्मानित व्यक्तित्व चयन समितिका सदस्य, शब्दयात्रा घुम्ती पुस्तक पसलका निर्माण–सहयोगी तथा ‘पुर्खाका पाइलाहरू’ (वंशविवरण ः २०६९ कार्तिक) र ‘द ट्य्राजिक स्टोरी’ (उपन्यास, २०७३ भदौ) कृतिका कृतिकार भरतराज महत (जन्मदिवस १९ असार १९९३ र देहान्तदिवस २३ असोज २०७४) को भौतिक देह पञ्चतàवमा विलीन भई उहाँ विदेह हुनुभएकाले उहाँको आत्मशान्तिका लागि भगवान्सँग प्रार्थना गर्दै शोकव्याकुल परिवारजनप्रति हार्दिक सहवेदना तथा समवेदना व्यक्त गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार
शब्दयात्रा प्रकाशनको एक टोलीले बनेपाबाट काठमाडौँ नक्सालमा अवस्थित नरेन्द्रबहादुर श्रेष्ठको निवासमा पुगेर जराकलाको अवलोकन गरी विभिन्न जानकारीहरू हासिल ग¥यो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको नेतृत्वमा गएको रामचन्द्र हुमागाईं, सकुल थापा र सुमन खड्का सम्मिलित उक्त टोलीलाई नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो निवासमा स्वागत गर्नुभएको थियो ।
त्यस अवसरमा नेपालका एक मात्र जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठले विभिन्न रूखका जराहरूसँग सम्बन्धित कलाकृतिहरूको सिर्जनाका विषयमा जानकारी दिने क्रममा विभिन्न प्रकारका जराकलाकृतिहरू देखाई हरेक जराकलाकृतिका बारेमा रोचक व्याख्या पनि गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनको नियमित साप्ताहिक कार्यक्रम ‘कर्मयोद्धासँग शब्दसंवाद’ को …. औँ शृङ्खला गत २०७४ असोज २७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रमका प्रमुख वक्ता नैमिषारण्य संस्कृत गुरुकुलम्का आचार्य पर्वतराज घिमिरे हुनुहुन्थ्यो । उहाँले वेदान्तका विषयमा प्रवचन गर्नुभएको थियो ।
शब्दयात्रा सहयोगी समाजका सदस्य चन्द्रबहादुर खड्काको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हरि मञ्जुश्री, शारदाप्रसाद शर्मा, विवश न्यौपाने, मच्छेश्वर सापकोटा, सरस्वती सापकोटा, शिव बन्जारा, शकुन्तला बन्जारा, फणीन्द्रराज अधिकारी, विष्णुहरि तिमल्सिना, लालप्रसाद पौडेल, कृष्णमणि कुइँकेल, च्याङ्बा लामा, पूर्णबहादुर कर्माचार्य, श्री शर्मा मूर्ख र नैमिषारण्य संस्कृत गुरुकुलम्का वटुकहरू उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन पदमनाथ ढुङ्गानाले गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशनका महाप्रबन्धक शारदाप्रसाद शर्मालाई पारिवारिक शोक परेको छ । उहाँकी जेठी बुहारी यशोदा खनाल धितालको गत २०७४ असोज २७ गते राति धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । असोज २८ गते बिहान बनेपामा उहाँको दाहसंस्कार गरिएको थियो ।
शब्दयात्रा प्रकाशन परिवार गतात्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
शब्दयात्रा प्रकाशनको चौथो वार्षिक साधारण सभाले शब्दयात्रा प्रकाशनको प्रबन्धपत्र र नियमावली परिमार्जन सुझाव समिति गठन गरेको छ । समितिमा संस्थाका कानुनी सल्लाहकार हरिप्रसाद ढुङ्गेल संयोजक हुनुहुन्छ भने दुईजना सदस्य सञ्चालक समितिले निर्णय गरी पठाउने भएको छ ।
यस समितिले संस्थाको मौलिकता नबिग्रने गरी प्रबन्धपत्र र नियमावलीमा भएका अनुपयुक्त, कम्पनी ऐनसँग बाझिएका र अव्यावहारिक बुँदाहरू परिमार्जित र समयानुकूल गर्नुपर्ने देखिए आवश्यक सुझावहरू सञ्चालक समितिमा प्रस्तुत गर्नेद्ध र ती सुझावहरू यथावत् राखी वा परिमार्जन गरी सञ्चालक समितिले साधारण सभामा प्रस्तुत गरेर पारित गराउनेछ ।
शब्दयात्रा प्रकाशनको सञ्चालक समितिको पुनर्गठन गरिएको छ । संस्थाको चौथो वार्षिक साधारण सभामा सञ्चालक समिति पुनर्गठन गरिएको हो ।
पुनर्गठित सञ्चालक समितिमा जग्गादाता कृष्णमणि कुइँकेललाई थप गरिएको छ भने सञ्चालक समितिमा रहनुभएका सुमन खड्का संरक्षण समितिमा मात्रै रहने हुनुभएको छ ।
अबको सञ्चालक समितिमा अध्यक्ष हरि मञ्जुश्री तथा सदस्यहरू सकुल तापा, हरिगोपाल प्रधान, श्यामकृष्ण लम्साल र कृष्णमणि कुइँकेल रहनुभएको छ ।
शब्दयात्रा प्रकाशनको नियमावलीबमोजिम शब्दयात्रा प्रकाशन संरक्षण समिति गठन गरिएको छ । नियमावलीमा व्यवस्था भए पनि हालसम्म संरक्षण समिति गठन गरिएको थिएन ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा मुनाफा वितरण नगर्ने कम्पनीका रूपमा दर्ता गर्दाको अवस्थामा रहेका सञ्चालकहरू संरक्षण समितिमा रहने प्रावधान छ । त्यसैअनुसार संरक्षण समितिमा अध्यक्ष हरि मञ्जुश्री तथा सदस्यहरू सकुल थापा, सुमन खड्का, हरिगोपाल प्रधान र श्यामकृष्ण लम्साल सदस्य हुनुभएको छ ।
शब्दयात्रा प्रकाशनको चौथो वार्षिक साधारण सभा गत २०७४ असोज २७ गते शुक्रबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा सम्पन्न भयो । दिउँसो साढे एक बजेदेखि प्रारम्भ भएको साधारण सभा साढे तीन बजे समापन भएको थियो । सभाको सञ्चालन ‘शब्दसञ्चार’ कार्यक्रमका प्रस्तोता शिवप्रसाद बन्जाराले गर्नुभएको थियो ।
कार्यक्रमका सभापति संस्थाका अध्यक्ष हरि मञ्जुश्री, प्रमुख अतिथि प्रेरक महिला सरिता कोइराला, सम्मान व्यवस्थापकमध्येका ज्येष्ठ सदस्य निर्मलाकुमारी यगोल श्रेष्ठ, सहयात्री संस्था गोसाइँस्थान नैमिषारण्य क्षेत्र विकास समितिका अध्यक्ष मुकुन्दप्रसाद उपाध्याय र शब्दयात्रा समाजका संयोजकमध्येका ज्येष्ठ संयोजक ओतबहादुर खड्का मञ्चस्थ हुनुहुन्थ्यो । सञ्चालक समितिका सदस्यहरू, अन्य सदस्यहरू, महाप्रबन्धक, कानुनी सल्लाहकार, शब्दयात्रा समाजका संयोजक तथा सदस्यहरू र पर्यवेक्षकहरू निर्धारित आसनमा बस्नुभएको थियो ।
प्रमुख अतिथिलाई ‘शब्दसंवाद’ कार्यक्रमका सञ्चालक पदमनाथ ढुङ्गानाले शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार प्रदान गर्नुभएको थियो भने दीक्षा घिमिरेले माला लगाइदिएर स्वागत गर्नुभएको थियो ।
सभामा स्वागत–मन्तव्य सञ्चालक समितिका सदस्य श्यामकृष्ण लम्सालले र पानसमा बत्ती बालेर सभाको समुद्घाटन सञ्चालक समितिका ज्येष्ठ सदस्य हरिगोपाल प्रधानले गर्नुभएको थियो । त्यसपछि नैमिषारण्य संस्कृत गुरुकुलम्का वटुकहरूबाट स्वस्तिवाचन गरिएको थियो । संस्थागत गानको प्रस्तुति महाप्रबन्धक शारदाप्रसाद शर्माबाट भएको थियो ।
साधारण सभाको सफलताका लागि ज्येष्ठ संयोजक ओतबहादुर खड्काले शुभकामना मन्तव्य दिएपछि अध्यक्षको प्रतिवेदन सञ्चालक समितिका अध्यक्ष हरि मञ्जुश्रीले, गत वर्षको लेखापरीक्षण प्रतिवेदन सञ्चालक समितिका सदस्य सुमन खड्काले र चालु वर्षको बजेट तथा कार्यक्रम सञ्चालक समितिका सदस्य सकुल थापाले प्रस्तुत गर्नुभएको थियो । त्यसपछि प्रस्तावहरूको प्रस्तुति अध्यक्षबाट र निर्णय–लेखन महाप्रबन्धकबाट भएको थियो ।
सभामा मुकुन्दप्रसाद उपाध्याय र निर्मलाकुमारी यगोलले मन्तव्य व्यक्त गर्नुभएको थियो । रमेश पौड्याल, रामचन्द्र हुमागाई, नीलकण्ठेश्वरधाम संरक्षण समिति, गीता मञ्जुश्री, त्रिरत्न रन्जितकार र डा. भास्कर हुमागाईंलाई मुकुन्दप्रसाद उपाध्यायले आभारपत्र प्रदान गर्नुभयो । आभारपत्र प्राप्त गर्नेहरूलाई फणीन्द्रराज अधिकारी र चन्द्रबहादुर खड्काले माला लगाइदिनुभएको थियो ।
शब्दयात्रा लेखक समाजका सदस्यद्वय रामप्रसाद शर्मा तिमल्सिना र भरतराज महतको देहावसान भएको हुँदा उहाँहरूको आत्माले शान्ति पाओस् भन्ने कामनाका साथ एक मिनेट मौन धारण पनि गरिएको उक्त सभाको विसर्जन मन्तव्यसहित प्रमुख अतिथिका रूपबाट प्रेरक महिला सरिता कोइरालाले गर्नुभएको थियो ।
सभाले अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र बजेट तथा कार्यक्रम पारित गर्दै मुकुन्दप्रसाद दाहाललाई लेखापरीक्षक नियुक्त गरेको छ ।
शब्दयात्रा प्रकाशनद्वारा आगामी मङ्सिर महिनामा निम्नलिखित विधाका सम्मानहरू समर्पण गरिनेछन् — (१) शब्दयात्रा बालसाहित्य सम्मान, (२) शब्दयात्रा अनुसन्धान सम्मान, (३) शब्दयात्रा समालोचना सम्मान, (४) शब्दयात्रा महिला–प्रतिभा सम्मान, (५) शब्दयात्रा कविता–काव्य सम्मान ।
यी सम्मानहरू समर्पण गर्न योग्य व्यक्ति वा संस्थाको नाउँ र योगदानको विवरण आगामी २०७४ कार्तिक २५ गतेभित्र प्राप्त हुने गरी पठाइदिन सबै शुभेच्छुकहरूमा अनुरोध छ ।
शब्दयात्रा प्रकाशन
अक्षरधाम, बनेपा, काभ्रे
दूरभाषाङ्क ः ०११–६६२९६२, ०११–६६१३६१
इमेल : [email protected]