शब्दयात्रा लेखक समाजका सदस्य, शब्दयात्रा प्रकाशनको तेह«ौँ सम्मानित व्यक्तित्व चयन समितिका सदस्य, शब्दयात्रा घुम्ती पुस्तक पसलका निर्माण–सहयोगी तथा ‘पुर्खाका पाइलाहरू’ (वंशविवरण ः २०६९ कार्तिक) र ‘द ट्य्राजिक स्टोरी’ (उपन्यास, २०७३ भदौ) कृतिका कृतिकार भरतराज महत (जन्मदिवस १९ असार १९९३ र देहान्तदिवस २३ असोज २०७४) को भौतिक देह पञ्चतàवमा विलीन भई उहाँ विदेह हुनुभएकाले उहाँको आत्मशान्तिका लागि भगवान्सँग प्रार्थना गर्दै शोकव्याकुल परिवारजनप्रति हार्दिक सहवेदना तथा समवेदना व्यक्त गर्दछौँ ।
शब्दयात्रा प्रकाशन परिवार