Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दयात्राको टोली जराकला हेर्न

शब्दयात्राको टोली जराकला हेर्न

शब्दयात्रा प्रकाशनको एक टोलीले बनेपाबाट काठमाडौँ नक्सालमा अवस्थित नरेन्द्रबहादुर श्रेष्ठको निवासमा पुगेर जराकलाको अवलोकन गरी विभिन्न जानकारीहरू हासिल ग¥यो ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको नेतृत्वमा गएको रामचन्द्र हुमागाईं, सकुल थापा र सुमन खड्का सम्मिलित उक्त टोलीलाई नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो निवासमा स्वागत गर्नुभएको थियो ।
त्यस अवसरमा नेपालका एक मात्र जराकलाकार नरेन्द्रबहादुर श्रेष्ठले विभिन्न रूखका जराहरूसँग सम्बन्धित कलाकृतिहरूको सिर्जनाका विषयमा जानकारी दिने क्रममा विभिन्न प्रकारका जराकलाकृतिहरू देखाई हरेक जराकलाकृतिका बारेमा रोचक व्याख्या पनि गर्नुभएको थियो ।