Home Blog Page 17

चयन समिति गठन

0
शब्दयात्रा प्रकाशनबाट आगामी असोज महिनामा समर्पण गरिने आठ विधाको सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको चयन गर्ने जिम्मा तीनजनाले लिनुभएको छ । उहाँहरू हुनुहुन्छ पूर्वप्रशासक चन्द्रबहादुर खड्का, सञ्चारकर्मी शिव बन्जारा र साहित्यकार कालिका त्रिपाठी पन्त । शब्दयात्रा प्रकाशन परिवार उहाँहरूप्रति हार्दिक आभार प्रकट गर्दछ ।

पुस्तक सहयोग

0

सिन्धुली जिल्लाको गोलन्जोर — ३ ग्वालटारमा खोलिएको शहीद बेपत्ता योद्धा पुस्तकालयका लागि शब्दयात्रा प्रकाशनले आफ्नो प्रकाशनका ४० थान पुस्तक उपहारस्वरूप प्रदान गरेको छ ।
ती पुस्तकहरू उक्त पुस्तकालयका सञ्चालक अर्जुनबहादुर थापाले ग्रहण गर्नुभएको छ ।

चिकित्सा विधामा पनि शब्दयात्रा प्रकाशनले पुरस्कार समर्पण गर्ने

0
शब्दयात्रा प्रकाशनले चिकित्सा विधामा पनि पुरस्कार समर्पण गर्ने भएको छ । पुरस्कृत चिकित्सकलाई पुरस्कारका रूपमा २५ हजार रुपियाँ, अभिवन्दनापत्र, शब्दयात्रा पट्ट, रुद्राक्षमाला र पुष्पमाला समर्पण गरिनेछ । पुरस्कारको नाउँ ‘शब्दयात्रा डा. भास्कर–रश्मि हुमागाईं चिकित्सा पुरस्कार’ रहनेछ । पुरस्कार यसै वर्षदेखि समर्पण गरिनेछ । यस पुरस्कारको कोष व्यवस्थापन हाडजोर्नी विशेषज्ञ डा. भास्कर हुमागाईंले गर्नुहुनेछ । यस विषयमा हाडजोर्नी विशेषज्ञ डा. भास्कर हुमागाईं र शब्दयात्रा प्रकाशनका बीचमा सम्झौता भइसकेको छ । सम्झौतापत्रमा कोष व्यवस्थापक डा. भास्कर हुमागाईं र शब्दयात्रा प्रकाशनको कार्यसम्पादन समितिका सदस्य इ. रोशन मञ्जुश्री अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।

पुरस्कार समर्पण तथा पुस्तक र भजनको सार्वजनिकीकरण समारोह सम्पन्न

0
शब्दयात्रा प्रकाशनले २०८२ सालको पहिलो चरणको पुरस्कार समर्पण तथा पुस्तक र भजनको सार्वजनिकीकरण समारोह सम्पन्न गरेको छ । शब्दयात्रा शारदा थापा सभाकक्षमा आयोजित उक्त समारोहमा आठजना स्रष्टालाई पुरस्कार समर्पण तथा एउटा पुस्तक र एउटा भजनलाई सार्वजनिक गरिएको थियो । संस्थापक अध्यक्ष हरि मञ्जुश्रीबाट सभापतित्व ग्रहण गरिएको उक्त समारोहमा पुरस्कृत व्यक्तित्वको चिनारी पुरस्करणीय व्यक्तित्व चयन समितिका संयोजक हाडजोर्नी विशेषज्ञ डा. भास्कर हुमागाईंले गराउनुभएको थियो । सञ्चालक सदस्य कृष्णमणि कुइकेलको सञ्चालनमा शिक्षासेवी डा. पुष्पलाल हुमागाईंले दीप प्रज्ज्वलन गरी कार्यक्रमको शुभारम्भ, कार्यसम्पादन समितिका सदस्यमध्ये इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले स्वराङ्कन तथा छायाङ्कन, कालिका त्रिपाठी पन्तले पुरस्कारको अभिवन्दनापत्र वाचन, अमृत अधिकारीले पुरस्कार सामग्रीको व्यवस्थापन गर्नुभएको उक्त कार्यक्रममा आजीवन सदस्यमध्ये केदारनाथ तिमल्सिनाले मञ्चस्थ महानुभावहरूलाई रुद्राक्षमाला र सहदीप पलाञ्चोकेले चयन समितिका सदस्यहरूलाई शब्दयात्रा प्रकाशनका तर्फबाट उपहार समर्पण गर्नुभएको थियो । कविद्वय मुरहरि रायमाझी र शिव बन्जाराले कविता वाचन एवं साहित्यकार तथा शिक्षासेवी महेश्वर खनालले मन्तव्यसहित सभाविसर्जन गर्नुभएको थियो । कवि कृष्ण जोशी र समाजसेवी लीलाबहादुर केसीको तस्बिरमा पुष्पार्पण गरिएको उक्त कार्यक्रममा सङ्गीता केसीले विभिन्न व्यवस्थापन गर्नुभएको थियो । सरस्वती वन्दना र वैदिक स्वस्तिवाचनपछि शब्दयात्रा प्रकाशनको स्वागत गान गाइएको उक्त समारोहको अन्त्यमा शब्दयात्रा प्रकाशनको कार्यक्रम समापन गान बजाइएको थियो ।

कमला महत रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत

0

नुवाकोट जिल्लाको शिखरबेंसीमा २०२५ सालमा जन्मेर शिक्षण पेशामा आबद्ध रहँदारहँदै पनि नेपाली वाङ्मयको उत्थान गर्ने क्रममा ‘अनन्त’ कृतिमार्फत बाछिटा विधामा योगदान दिनुभएकोमा कमला महतलाई २०८२ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ कुमार काफ्लेका साथमा संयुक्त रूपमा समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्ने क्रममा कमला महतलाई लेखक कुमार काफ्लेले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, कोष व्यवस्थापकका तर्फबाट लेखक सकुल थापाले भेटी, गायिका सरस्वती सापकोटाले उपहार र समाजसेवी पुण्यवती घलेले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन साहित्यकार अमर त्यागीले आफ्ना पितामाताको स्मृति र सम्मानमा गर्नुभएको हो ।

रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कारबाट कुमार काफ्ले पुरस्कृत

0
ओखलढुङ्गा जिल्लाको यसममा २०४१ सालमा जन्मेर शिक्षण पेशामा आबद्ध रहँदारहँदै पनि नेपाली वाङ्मयको उत्थान गर्ने क्रममा उपन्यास, कथा र गीत विधामा योगदान दिनुभएकोमा कुमार काफ्लेलाई २०८२ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ कमला महतका साथमा संयुक्त रूपमा समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्ने क्रममा कुमार काफ्लेलाई लेखक तथा पत्रकार रेणुका भट्टराईले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, कोष व्यवस्थापकका तर्फबाट जीवनीकार दामोदर घिमिरेले भेटी, लेखक सकुल थापाले उपहार र समाजसेवी पुण्यवती घलेले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन पितामाताको स्मृति र सम्मानमा साहित्यकार अमर त्यागीले गर्नुभएको हो ।

कर्मशीलता पुरस्कारबाट रेणुका भट्टराई ‘मञ्जरी’ पुरस्कृत

0
काभ्रेपलाञ्चोक जिल्लामा २०३८ सालमा जन्मेर विभिन्न साहित्यिक कृतिको सिर्जना र साहित्यिक पत्रिकाको सम्पादन गरेकी, साहित्यिक संस्था र विद्युतीय सञ्चार माध्यम सञ्चालन गरेकी र श्रीमानको निधनपछि पनि नेपालको मौलिक छन्दलय ‘झ्याउरे’ लाई पुनर्जागरण गराएर अन्तर्राष्ट्रिय व्याप्ति दिने अभियानमा संलग्न रहेकी कर्मशील महिला रेणुका भट्टराई ‘मञ्जरी’ लाई २०८२ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्ने क्रममा गायक सत्यनारायण मानन्धरले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, कोष व्यवस्थापकका तर्फबाट शिक्षासेवी शङ्करप्रसाद मानन्धरले भेटी, शिक्षासेवी रामप्रसाद अधिकारीले उपहार र पत्रकार शिव बन्जाराले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन पूर्वराजदूत तथा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले गर्नुभएको हो ।

सत्यनारायण मानन्धर भक्तपुर प्रतिभा पुरस्कारबाट पुरस्कृत

0
भक्तपुर जिल्लाको टौमढी टोलमा २०२३ सालमा जन्मेर नेपाली तथा नेवारी भाषाका गीतका साथै मल्लराजाका पुराना गीत पनि गाउनुभएका, एकल गीतगायन कार्यक्रम सम्पन्न गर्नुभएका र ‘बिरानीमा’ र ‘सः सत्यनारायण या’ क्यासेट तथा ‘जिगु देश छ य’, ‘दाला ज्वना न्याकुं न्याकुं कया’, ‘असं त्वा या दबु कुने’, ‘न्ये न्यापा झ्या या दरबार’ म्युजिक भिडिओ निकाल्नुभएका सत्यनारायण मानन्धरलाई २०८२ सालको ‘शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्ने क्रममा लेखक कृष्णहरि मैनालीले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, कोष व्यवस्थापकका तर्फबाट फोटोपत्रकार हरिगोपाल प्रधानले भेटी, लेखक केदारनाथ तिमल्सिनाले उपहार र पत्रकार शिव बन्जाराले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन आख्यानकार भरत जङ्गमले गर्नुभएको हो ।

काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कारबाट कृष्णहरि मैनाली पुरस्कृत

0
काभ्रेपलाञ्चोक जिल्लाको वाल्टिङमा २०१५ सालमा जन्मेर विभिन्न विधाका १५ वटा साहित्यिक कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएका र आध्यात्मिक विषयवस्तु लिएर नैतिक शिक्षामा जोड दिँदै साहित्यिक सिर्जना गर्ने सर्जकका रूपमा सुपरिचित हुनुभएका साहित्यसेवी तथा समाजसेवी कृष्णहरि मैनालीलाई २०८२ सालको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्ने क्रममा लेखक लोकमान मास्केले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, कोष व्यवस्थापक निरोज थापाका तर्फबाट पूर्वप्रशासक चन्द्रबहादुर खड्काले भेटी, गीतिभास्कर मच्छेश्वर सापकोटाले उपहार र पत्रकार शिव बन्जाराले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन पत्रकार प्रदीप केसीमार्फत निरोज थापाले गर्नुभएको हो ।

सङ्खुवासभा प्रतिभा पुरस्कारबाट लोकमान मास्के पुरस्कृत

0
सङ्खुवासभा जिल्लाको खाँदबारीमा जन्मेर साहित्यिक र गैरसाहित्यिक क्षेत्रका विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराउनुका साथै नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तथा लेखापरीक्षणमान बोर्डका प्रमुख कार्यकारी अधिकृतका रूपबाट पनि सेवा गर्नुभएका लेखक लोकमान मास्केलाई २०८२ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ समर्पण गरिएको छ । पुरस्कार समर्पण गर्ने क्रममा महाकाव्यकार डा. शैलेन्दुप्रकाश नेपालले अभिवन्दनापत्र, शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा पट्ट, कोष व्यवस्थापक लीलादेवी श्रेष्ठले भेटी, समाजसेवी पदमनाथ ढुङ्गानाले उपहार र लेखक सकुल थापाले माला समर्पण गर्नुभएको छ । पुरस्कारको कोष व्यवस्थापन साहित्यकार तथा समाजसेवी लीलादेवी श्रेष्ठले गर्नुभएको हो ।