शब्दयात्रा प्रकाशनबाट अर्को कवितासङ्ग्रह पनि प्रकाशन हुने भएको छ । यो सङ्ग्रहसमेत शब्दयात्रा प्रकाशनबाट प्रकाशित पुस्तकहरूको सङ्ख्या १ सय ४५ पुगेको छ ।

अब प्रकाशन हुने कवितासङ्ग्रह काफलबोटे कान्छा अर्थात् रामकुमार हुमागाईंको ‘उठ न साथी उठ’ नामको कवितासङ्ग्रह हो । यसअघि काफलबोटे कान्छाको ‘परदेशको कथा’ नामको कवितासङ्ग्रह शब्दयात्रा प्रकाशनबाट प्रकाशित भएको थियो ।