शिक्षासेवी प्राध्यापक केदारनाथ श्रेष्ठले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएको छ । भोजपुरमा जन्मेर लामो समयसम्म प्राध्यापन गर्नुभएका प्रा. केदारनाथ श्रेष्ठ हाल पेप्सिकोला काठमाडौँमा अवकाशप्राप्त जीवन बिताइरहनुभएको छ । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीबाट उहाँले आजीवन सदस्यता ग्रहण गर्नुभएको हो ।