Home Blog Page 100

‘अशोकचन्द्र धुँजूका लेखहरू’ सार्वजनिक

0

शब्दयात्रा प्रकाशनको आयोजनामा गत आइतबार २३ गते श्रीपञ्चमीका दिन ‘अशोकचन्द्र धुँजूका लेखहरू’ नामक लेखसङ्ग्रहलाई सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्व र काठमाडौँ विश्वविद्यालय केन्द्रीय पुस्तकालयका प्रमुख शेखरप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा सभापति, प्रमुख अतिथि र कृतिकारले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनले पुस्तक सार्वजनिक गर्दा नेपालको मौलिक सम्पदा लोप नहोस् भन्ने उद्देश्यले थैलीमा राखिएको पुस्तकलाई थैलीबाट झिकेर सार्वजनिक गर्ने गरेको छ । सभापतिका रूपबाट हरि मञ्जुश्रीले स्वागत मन्तव्यका साथै शब्दयात्रा प्रकाशन र कार्यक्रमका विषयमा जानकारी गराउनुभएको उक्त कार्यक्रममा कृतिकार अशोकचन्द्र धँुजूको परिचय गराई पुस्तकको विशेषताका बारेमा सम्पादक शिव बन्जाराले जानकारी दिनुभएको थियो भने कृतिकार अशोकचन्द्र धुँजूले मन्तव्य व्यक्त गर्नुभएको थियो । मञ्चस्थ व्यक्तित्वलाई शब्दयात्रा प्रकाशनका आजीवन सदस्य अमृत अधिकारीले माला लगाइदिएर स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले र शब्दयात्रा प्रकाशनका तर्फबाट प्रमुख अतिथिलाई उपहार समर्पण दामोदर घिमिरेले गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनको कार्यक्रम विसर्जन गर्दा समीक्षाका साथ विसर्जन गर्ने प्रचलन भएकाले कार्यक्रमको समीक्षा गरी पूर्वप्रशासक तथा लेखक डा. इन्दुल केसीले सभा समापन भएको घोषणा गर्नुभएको थियो । कार्यक्रममा कवयित्री पुण्यवती घले, लेखक पूर्णबहादुर कर्माचार्य, श्रीखण्डपुर माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक जयराम श्रेष्ठ आदिको पनि उपस्थिति थियो ।  

शब्दयात्रा प्रकाशनबाट नवकविता वाचन सम्पन्न

0

शब्दयात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्द्र तथा प्राञ्जल नेपालको आयोजना तथा छन्द कविता मञ्चको संयोजनमा प्रत्येक महिनाको दोस्रो र चौथो शनिबार सञ्चालन हुने गरेको नवकविता वाचन कार्यक्रमको सातौँ शृङ्खला ‘नारी विशेष शृङ्खला’ का रूपमा माघ २२ गते शनिबार सम्पन्न भयो । भर्चुअल रूपमा जुमका माध्यमबाट सञ्चालन भएको सातौँ शृङ्खलामा तेह्रजना कवयित्रीहरूले विविध प्रकृतिका कविता वाचन गर्नुभएको थियो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको प्रमुख आतिथ्य तथा डा. इन्दुल केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले गर्नुभएको थियो भने सुनसरीबाट कवयित्री विमला पोखरेलले वाचित कविताहरूको समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कविता वाचन गर्ने कवयित्रीहरू गीता मञ्जुश्री काभ्रेपलान्चोक, टीका श्रेष्ठ खोटाङ, नवीना श्रेष्ठ ललितपुर, निर्मला श्रेष्ठ काभ्रेपलान्चोक, पुण्यवती घले काभ्रेपलान्चोक, बासमती राना थारू कञ्चनपुर, बिरजा घिमिरे काठमाडौँ, लक्ष्मी तिवारी ढकाल स्याङ्जा, लक्ष्मी बडाल काभ्रेपलान्चोक, रश्मि अधिकारी हुमागाई भक्तपुर, शर्मिला पौडेल सिन्धुपाल्चोक, सीता सुवेदी पन्थी भक्तपुर तथा सुन्दरी घिमिरे खतिवडा सङ्खुवासभा हुनुहुन्थ्यो । कार्यक्रममा आगामी कार्यक्रम फागुन १४ गते शनिबार हुने जानकारी दिइएको थियो ।

‘शब्दसंवाद’ मा उद्धवप्रसाद भट्टराईबाट योग र ध्यानको चर्चा

0

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रको आयोजनामा साप्ताहिक रूपमा जुमका माध्यमबाट सञ्चालन हुँदै आएको ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक प्रवचन कार्यक्रममा यो साता योगगुरु उद्धवप्रसाद भट्टराईले योग र ध्यानका विषयमा प्रवचन गर्नुभयो । शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा प्रवचनपछि सञ्चारकर्मी शिव बन्जारा तथा कवित्रय सुनील सापकोटा, पदम दाहाल र जीवनाथ अधिकारीले योग र ध्यानसम्बन्धी जिज्ञासा राख्नुभएको थियो भने प्रवचनमाथिको टिप्पणी डा. इन्दुल केसीले गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले उक्त कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

प्रजापति तिमिल्सिना आजीवन सदस्य

0

शब्दयात्रा प्रकाशनले आख्यानकार प्रजापति तिमिल्सिनालाई शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता प्रदान गरेको छ । श्री तिमिल्सिनाले शब्दयात्रा प्रकाशनको आजीवन सदस्यता ग्रहण गर्नुभएकोमा शब्दयात्रा प्रकाशन परिवारले हर्ष व्यक्त गरेको छ र उहाँको ज्ञान र अनुभवबाट लाभान्वित हुन पाउने अपेक्षा पनि प्रकट गरेको छ । उहाँको उपन्यास ‘विधवा वासना’ लाई शब्दयात्रा प्रकाशनले २०७७ सालको ‘शब्दयात्रा भीमभक्तमानसिंह बस्न्यात सिर्जना सम्मान’ समर्पण गरेको थियो । कास्की जिल्लामा जन्मनुभएका उहाँको बसोवास हाल काठमाडौँमा रहेको छ ।

शब्दसञ्चारः माघ २५, २०७८

0
  1. Episode 88 – Shabda Sanchar 29:15

शब्दसञ्चारः माघ १८, २०७८

0
  1. Episode 87 – Shabda Sanchar 32:37

केदारनाथ तिमल्सिनाको जन्मदिवस मनाइयो

0

शब्दयात्रा प्रकाशनको काभ्रेपलान्चोक सम्पर्क केन्द्रमा शब्दयात्रा प्रकाशनका आजीवन सदस्य केदारनाथ तिमल्सिनाको जन्मदिवस मनाइएको छ । बनेपामा अवस्थित काभ्रेपलान्चोक सम्पर्क केन्द्रले आफ्नै कार्यालयमा आयोजना गरेको विशेष कार्यक्रममा श्री तिमल्सिनाले दीप, कलश र गणेशसहित अष्टचिरञ्जीवीको पूजा गर्नुभएको थियो । त्यसपछि शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले श्री तिमल्सिनालाई रुद्राक्षको माला र शुभकामनापत्र समर्पण गर्नुभएको थियो । कार्यक्रममा सम्पर्क केन्द्रका सदस्य सहदीप पलान्चोके र नवराज तिमल्सिनाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमका प्रस्तोता शिव बन्जाराले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको पूजा व्यवस्थापन शकुन्तला बन्जारा र सङ्गीता केसीले गर्नुभएको थियो । कार्यक्रममा नारायणी न्यौपाने र शारदाप्रसाद शर्मा पनि उपस्थित हुनुहुन्थ्यो । शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले संस्थासँग सम्बन्धित व्यक्तिहरूको जन्मदिवस कार्यालयमै बोलाई वैदिक विधान बमोजिमको कार्यक्रम गरेर अथवा सम्बन्धित व्यक्तिको घरैमा गई अष्टचिरञ्जीवीको पूजा गरेर मनाउने गरेको छ भने त्यस बखत सम्बन्धित व्यक्तिलाई संस्थाका तर्फबाट शुभकामनापत्र र रुद्राक्षको माला पनि समर्पण गर्ने गरेको छ ।

‘शब्दसंवाद’ मा प्रकाशबहादुर कायस्थ

0

शब्दयात्रा प्रकाशन काभ्रेपलान्चोक सम्पर्क केन्द्रले हरेक हप्ता शुक्रबार बेलुका ७ बजे प्रारम्भ गर्ने गरी नियमित रूपमा जुममार्फत सञ्चालन गरिरहेको ‘कर्मयोद्धासँग शब्दसंवाद’ नामक प्रवचन कार्यक्रम गत शुक्रबार पनि सम्पन्न भयो । कार्यक्रममा पूर्वीय चिकित्साका विज्ञ प्रकाशबहादुर कायस्थ प्रमुख वक्ता हुनुहुन्थ्यो । उहाँले ‘प्राकृतिक चिकित्सा आजको आवश्यकता’ विषयमा प्रवचन गर्नुभएको थियो ।  काभ्रेपलान्चोक सम्पर्क केन्द्रका संयोजक साधुराम गिरीले सञ्चालन तथा अनुसन्धान समितिका संयोजक डा. इन्दुल केसीले सभापतित्व गर्नुभएको उक्त कार्यक्रममा पदम दाहाल, जीवनाथ अधिकारी, सुनील सापकोटा, शिव बन्जारा, पुण्यवती घले, सहदीप पलान्चोके आदिको उपस्थिति रहेको थियो ।

हार्दिक बधाई

0

शब्दयात्रा प्रकाशनका सहयोगी मित्र समालोचक प्रा. डा. कुलप्रसाद कोइराला ‘उखान सिद्धान्त र विश्लेषण’ पुस्तकका लागि साझा लोकसाहित्य पुरस्कारबाट र बालसाहित्यकार गोपाल पराजुली ‘पच्चीस प्रतिभा’ पुस्तकका लागि साझा बालसाहित्य पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । साझा प्रकाशनबाट प्रदान गरिएका दुवै पुरस्कारको रकम पन्ध्र–पन्ध्र हजार रुपियाँ रहेको छ । पुरस्कृत हुनुभएकोमा वाङ्मयसेवी दुवैजनालाई हामी हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार

शब्दयात्राबाट कवितागोष्ठी

0

शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र र प्राञ्जल नेपालको संयुक्त आयोजना तथा छन्द कविता मञ्चको व्यवस्थापनमा नवकवितावाचन कार्यक्रमको छैटौँ शृङ्खला सम्पन्न भएको छ । जुमका माध्यमबाट भएको यस कार्यक्रमको सञ्चालन जीवनाथ अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्रका संयोजक डिल्लीराम गौतमले र प्रमुख आतिथ्य शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर सम्पर्क केन्द्रका तर्फबाट डा. इन्दुल केसी र पदम दाहालले, काभ्रेपलान्चोक सम्पर्क केन्द्रका तर्फबाट संयोजक साधुराम गिरी, दामोदर घिमिरे र पुण्यवती घलेले, मोरङ सम्पर्क केन्द्रका तर्फबाट संयोजक चेतना अधिकारी र सदस्य भक्ति दाहालले, ललितपुरबाट श्रीराम पौडेल उदासीले, कालिकोटबाट नगेन्द्रप्रसाद आचार्यले तथा टीका श्रेष्ठले आआफ्ना कविताहरू वाचन गर्नुभएको थियो । कार्यक्रममा इ. रोशन मञ्जुश्री अधिकारी, सहदीप पलान्चोके, नानु उप्रेती खरेल आदिको पनि सहभागिता रहेको थियो ।