शब्दयात्रा प्रकाशनका सहयोगी मित्र समालोचक प्रा. डा. कुलप्रसाद कोइराला ‘उखान सिद्धान्त र विश्लेषण’ पुस्तकका लागि साझा लोकसाहित्य पुरस्कारबाट र बालसाहित्यकार गोपाल पराजुली ‘पच्चीस प्रतिभा’ पुस्तकका लागि साझा बालसाहित्य पुरस्कारबाट पुरस्कृत हुनुभएको छ । साझा प्रकाशनबाट प्रदान गरिएका दुवै पुरस्कारको रकम पन्ध्र–पन्ध्र हजार रुपियाँ रहेको छ । पुरस्कृत हुनुभएकोमा वाङ्मयसेवी दुवैजनालाई हामी हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार