Home Blog Page 10

मुरहरि रायमाझीलाई सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले कवि मुरहरि रायमाझी ‘हरि’ (काभ्रेपलाञ्चोक) लाई ‘शब्दयात्रा सुभाष खड्का अनुसन्धान विद्वतवृत्ति’ समर्पण गर्ने भएको छ । हरेक वर्ष समर्पण गर्ने गरिएको यो विद्वतवृत्ति २०८२ सालका लागि आगामी मङ्सिर महिनामा समर्पण गरिनेछ । उहाँको लेखनको विषयवस्तु ‘चन्द्रबहादुर खड्काका कृतिहरूको विवेचना’ रहेको छ । चन्द्रबहादुर खड्का लेखक, पूर्वप्रशासक तथा सुभाष स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष हुनुहुन्छ । यस विद्वतवृत्तिका लागि सुभाष स्मृति प्रतिष्ठानले शब्दयात्रा प्रकाशनमा कोषको व्यवस्था गरेको छ ।

प्रकाश उज्ज्वल बनेपालाई नेवाः सभ्यता अनुसन्धान विद्वतवृत्ति समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले लेखक प्रकाश उज्ज्वल ‘बनेपा’ (काभ्रेपलाञ्चोक) लाई ‘शब्दयात्रा प्रभातमान–झर्ना मास्के नेवाः सभ्यता अनुसन्धान विद्वतवृत्ति’ समर्पण गर्ने भएको छ । उहाँको लेखनको विषयवस्तु ‘नेवाः सभ्यताको परिचय’ रहेको छ । हरेक वर्ष समर्पण गर्ने गरी संस्थापित यो विद्वतवृत्ति २०८२ सालका लागि आगामी मङ्सिर महिनामा समर्पण गरिनेछ । यो विद्वतवृत्ति पहिलोपटक समर्पण गर्न लागिएको हो । यस विद्वतवृत्तिका लागि आफ्ना छोराबुहारीको नाउँमा साहित्यकार लोकमान मास्केले शब्दयात्रा प्रकाशनमा कोषको व्यवस्था गर्नुभएको छ ।

दण्डपाणि अधिकारीलाई भोजपुर अनुसन्धान विद्वतवृत्ति समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले दण्डपाणि अधिकारी (भोजपुर, हाल भक्तपुर) लाई ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ भोजपुर अनुसन्धान विद्वतवृत्ति’ समर्पण गर्ने भएको छ । हरेक वर्ष समर्पण गर्ने गरिएको यो विद्वतवृत्ति २०८२ सालका लागि आगामी मङ्सिर महिनामा समर्पण गरिनेछ । उहाँको लेखनको विषयवस्तु ‘षडानन्द बहुमुखी क्याम्पसको इतिहास’ रहेको छ । षडानन्द बहुमुखी क्याम्पस भोजपुर जिल्लाको दिङ्लामा स्थापित शैक्षिक संस्था हो । शिक्षासेवी प्रा. केदारनाथ श्रेष्ठले यस विद्वतवृत्तिका लागि शब्दयात्रा प्रकाशनमा कोषको व्यवस्था गर्नुभएको छ ।

दामोदर घिमिरेलाई काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले लेखक दामोदर घिमिरे (खोटाङ, हाल काभ्रेपलाञ्चोक) लाई ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ समर्पण गर्ने भएको छ । हरेक वर्ष समर्पण गर्ने गरिएको यो विद्वतवृत्ति २०८२ सालका लागि आगामी मङ्सिर महिनामा समर्पण गरिनेछ । उहाँको लेखनको विषयवस्तु ‘नीलकण्ठेश्वर धामको इतिवृत्त’ रहेको छ । नीलकण्ठेश्वर धाम काभ्रेपलाञ्चोक जिल्लामा शब्दयात्रा प्रकाशनसँगै रहेको तीर्थस्थल हो । आफ्ना दिदी–भिनाजु राधा विष्ट र प्रह्लाद केसीको स्मृति र सम्मानस्वरूप विदुर विष्टले यस विद्वतवृत्तिका लागि शब्दयात्रा प्रकाशनमा कोषको व्यवस्था गर्नुभएको छ ।

तुलसी गिरी, कृष्ण किसी र शुभराज अधिकारीलाई कदर गरिने

0
शब्दयात्रा प्रकाशनबाट तीनजना पत्रकारलाई २०८२ सालको कदरपत्र समर्पण गरिने भएको छ । कदरपत्र समर्पण गरिने पत्रकारहरूमा ‘म्युजिक डायरी’ पत्रिकाका सम्पादक तुलसी गिरी (झापा), एबीसीडी खबर डटकमका सम्पादक कृष्ण किसी (भक्तपुर) र ‘पलाञ्चोक’ साप्ताहिकका सम्पादक शुभराज अधिकारी (काभ्रेपलाञ्चोक) हुनुहुन्छ । कदरपत्र मङ्सिर महिनामा समर्पण गरिनेछ । तीनैवटा कदरपत्रको व्यवस्थापन अग्रज पत्रकार तथा विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधानले गर्नुभएको हो । यो कदरपत्र २०७० सालदेखि निरन्तर समर्पण गर्ने गरिएको छ ।

लता केसीलाई लघुकथा पुरस्कार समर्पण गरिने

0
शब्दयात्रा प्रकाशनले लघुकथाकार लता केसीलाई २०८२ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ समर्पण गर्ने भएको छ । उहाँका ‘चोटदेखि मृत्युसम्म’, ‘दृश्य’, ‘सफलता’, ‘पाहुर’ नामका लघुकथासङ्ग्रहहरू प्रकाशित छन् । पुरस्कार आगामी मङ्सिर महिनामा समर्पण गरिनेछ । यस पुरस्कारको कोष व्यवस्थापन साहित्यकार अम्बिका धितालले आफ्ना पितामाताको स्मृति र सम्मानमा गर्नुभएको हो ।

मङ्सिरमा पुरस्कार, छात्रवृत्ति, कदरपत्र र विद्वतवृत्ति

0
शब्दयात्रा प्रकाशनले आगामी मङ्सिर महिनामा एकजना लघुकथाकारलाई पुरस्कार, तीनजना विद्यार्थीलाई छात्रवृत्ति, तीनजना  पत्रकारलाई कदरपत्र र पाँचजना अनुसन्धातालाई विद्वतवृत्ति समर्पण गर्ने भएको छ । लघुकथाकार, विद्यार्थी, पत्रकार र अनुसन्धाताको चयन कृष्णमणि कुइकेल, अच्युत अधिकारी र निर्मला श्रेष्ठ रहेको चयन समितिले गरेको हो ।

शब्दयात्रा प्रकाशनमा सम्पूर्ण स्वास्थ्यपरीक्षण

0
शब्दयात्रा प्रकाशनले स्वास्थ्यशिविरको आयोजना गरी शब्दयात्रा प्रकाशनसँग सम्बन्धित व्यक्तिहरूका लागि सम्पूर्ण स्वास्थ्यपरीक्षण (होलबडी चेकअप) गराउने व्यवस्था गरेको छ । आज पहिलो चरणमा आयोजना गरिएको स्वास्थ्यशिविरमा शब्दयात्रा प्रकाशन परिवारका एघाह्रजना सदस्यको स्वास्थ्यपरीक्षण गरिएको छ । स्वास्थ्यपरीक्षण गराउनेहरूमा हरि मञ्जुश्री, सकुल थापा, कृष्णमणि कुइकेल, इ. रोशन अधिकारी, डा. इन्दुल केसी, गीता अधिकारी, अच्युत अधिकारी, निर्मला श्रेष्ठ, कालिका त्रिपाठी पन्त, प्रकृति प्याकुरेल र गीता कुइकेल हुनुहुन्छ । साथमा अनिशा माकजू, रामचन्द्र कार्की र उमा कार्कीले पनि स्वास्थ्यपरीक्षण गराउनुभएको छ । स्वास्थ्यशिविरको सञ्चालन प्रकाशबहादुर कायस्थले गर्नुभएको हो ।

लघुकथा पुरस्कार मङ्सिरमा समर्पण गरिने

0
यही मङ्सिर महिनामा शब्दयात्रा प्रकाशनले लघुकथा विधाको पुरस्कार पहिलोपटक समर्पण गर्ने भएको छ । पुरस्कारको नाउँ ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ रहनेछ । यो पुरस्कार शब्दयात्रा प्रकाशनबाट हरेक वर्ष समर्पण गर्ने गरी साहित्यकार अम्बिका धितालले आफ्ना पितामाताको स्मृति र सम्मानमा स्थापना गर्नुभएको हो ।

२६२. हाम्रो देश त्यस्तै होस्

‘हाम्रो देश त्यस्तै होस्’ सकुल थापाले लेख्नुभएको अनुसन्धानमूलक पुस्तक हो । यसभित्र ‘सन्दर्भसूची’ समेत ‘प्रारम्भ’ देखि ‘समापन’ सम्मका सोह्रवटा शीर्षक छन् र हरेक शीर्षकका सामग्री पठनीय र मननीय छन् । ‘प्रारम्भ’ ले पुस्तक लेख्नुको तात्पर्य र विषयवस्तुको पृष्ठभूमि झल्काउँछ भने ‘समापन’ ले पुस्तकको नाउँ सार्थक पार्ने गरी लेखकीय चिन्तन प्रस्ट पार्दछ । बीचका तेह्रवटा शीर्षकका सामग्रीहरूले नेपालबाट शिक्षा, रोजगारी, पारिवारिक भेटघाट आदि विभिन्न कारणले अस्ट्रेलिया जाने नेपालीको आर्थिक, सामाजिक, भाषिक, पारिवारिक, मनोवैज्ञानिक जस्ता विविध क्षेत्रका सजीव चित्रहरू प्रस्तुत गर्दछन् । नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध कस्तो छ, अस्ट्रेलिया जान कति खर्च लाग्छ, त्यहाँ के–के काम गर्न सकिन्छ, कुन कामबाट कति तलब पाइन्छ, कुन ठाउँमा बस्ता कति खर्च र कति बचत हुन्छ, कुन–कुन विषय पढ्न पाइन्छ र त्यसको शुल्क कति तिर्नुपर्छ, अस्ट्रेलिया जान नेपालमा लिएको ऋणले कस्तो अवस्था सिर्जना गर्छ, नेपाली युवा शक्ति जाँदा अस्ट्रेलिया र नेपाललाई कस्तो–कस्तो नाफा र घाटा हुन्छ, अस्ट्रेलियामा नेपालीले के–के सुविधा र असुविधाहरू भोग्नुपर्छ, भविष्य कस्तो देखिन्छ जस्ता कुराहरू यस पुस्तकमा प्रकट गरिएका छन् ।