Activities, notice

शब्दयात्रा प्रकाशनको दसौं वार्षिक साधारण सभा बस्ने सूचना 

शब्दयात्रा प्रकाशनका सम्पूर्ण सदस्य महानुभावहरू !  सञ्चालक समितिको मिति २०८० पुस १ गते आइतबार बसेको बैठकबाट निर्णय भएअनुसार यही २०८० साल पुस २१ गते शनिबार दिउँसो १२ः३० बजे कृष्ण–गीता परिसर, शब्दसाधक तीर्थ, नीलकण्ठेश्वर धाम, बनेपामा रहेको शब्दयात्रा शारदा थापा सभाकक्षमा शब्दयात्रा प्रकाशनको दसौं वार्षिक साधारण…

Activities, notice

नाउँ सिफारिस गरिदिन अनुरोध 

आगामी माघ महिनामा शब्दयात्रा प्रकाशनबाट कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार, सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार, प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार र नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार समर्पण गरिने भएकाले उपयुक्त व्यक्तिको नाउँ र योगदानको विवरण यही पुस…

Activities, Featured

नौजनालाई कदर 

शब्दयात्रा प्रकाशनले आज शोधप्रबन्धकारहरू मीरा चापागाईं पौडेल, इन्द्रप्रसाद गौतम, नारायणी दाहाल तिमल्सिना र रूपा मैनाली, सम्पादकहरू सोमकाजी शाक्य, माधव काभ्रेली र आर. सी. विरही, हरि मञ्जुश्री मोती महोत्सव समारोह समितिका सचिव निर्मला श्रेष्ठ र हरि मञ्जुश्री तथा शब्दयात्रा प्रकाशन विशेषाङ्क प्रकाशित गर्ने पत्रिका ‘मध्यदीप’ मासिकलाई…

Activities, Featured

आठ महिनामा चौध पुस्तक 

शब्दयात्रा प्रकाशनबाट २०८० साल वैशाखदेखि मङ्सिरसम्मको ८ महिनामा छापिएका पुस्तकहरू यी हुन् — (१) चौध भुवन (कथासङ्ग्रह) — सपूत कार्की, (२) एक दिन (बालगीतिनाटक) — वेदकुमारी न्यौपाने, (३) साथीको माया (बालएकाङ्कीसङ्ग्रह) — वेदकुमारी न्यौपाने, (४) ठुले (लघुकाव्य) — डा. गोपाल पौड्याल ‘मन्डने’, (५) कुसुमाक्षर (कवितासङ्ग्रह)…

Activities

निर्मला श्रेष्ठ र ‘मध्यदीप मासिक’ लाई कदर 

हरि मञ्जुश्री मोती महोत्सव समारोह समितिका सचिव लेखिका तथा सहकारीकर्मी निर्मला श्रेष्ठ र हरि मञ्जुश्री तथा शब्दयात्रा प्रकाशन विशेषाङ्क प्रकाशन गरेको मध्यदीप मासिक पत्रिकालाई यही पुस महिनाको ७ गते शनिबार आयोजना गरिने कार्यक्रममा कदर गरिने जानकारी मैले प्राप्त गरेको छु । निर्मला श्रेष्ठ र ‘मध्यदीप…

Activities, Featured

चारजना शोधप्रबन्धकारलाई कदर गरिने 

हरि मञ्जुश्रीद्वारा लिखित साहित्यिक कृतिहरूका विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहमा शोधप्रबन्ध लेख्नुभएका शोधप्रबन्धकारहरूमध्ये पहिलो चरणमा मीरा चापागाईं पौडेल, इन्द्रप्रसाद गौतम, नारायणी दाहाल तिमल्सिना र रूपा मैनालीलाई यही पुस महिनाको ७ गते शनिबार आयोजना गरिने कार्यक्रममा कदर गरिने भएको छ । यो जानकारी यस कार्यको संंयोजन…

Activities, Featured

तीनजना सम्पादकलाई कदर गरिने 

हरि मञ्जुश्रीका विषयमा पुस्तक सम्पादन गर्ने सम्पादकहरूमध्ये माधव काभ्रेली, सोमकाजी शाक्य र आर. सी. विरहीलाई पहिलो चरणमा यही पुस महिनाको ७ गते शनिबार आयोजना गरिने कार्यक्रममा कदर गरिने जानकारी यस कार्यको संंयोजन गरिरहनुभएका मध्यमार्ग साप्ताहिक पत्रिकाका सम्पादक–प्रकाशक प्रदीप केसीबाट प्राप्त भएको छ ।

Activities

अक्षयकोषमा ७५ हजार रुपियाँ थप 

शब्दयात्रा प्रकाशनमा संस्थापित ‘सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ को अक्षयकोषमा समाजसेवी तथा लेखिका सावित्री जङ्गम थापाले ७५ हजार रुपियाँ थपिदिनुभएको छ । यसअघि त्यस विद्वतवृत्तिको अक्षयकोषमा १ लाख २५ हजार रुपियाँ थियो । अब त्यस विद्वतवृत्तिको अक्षयकोषमा २ लाख रुपियाँ पुगेको छ । यस्तो उदार…

Activities

तीनजनाले चयन गर्ने 

शब्दयात्रा प्रकाशनबाट आगामी माघमा समर्पण गरिने छवटा पुरस्कारका लागि पुरस्करणीय व्यक्ति वा संस्थाको चयन डा. छत्रपति दाहाल, भवानी पाण्डे र सोमकाजी शाक्यले गर्नुहुनेछ ।

Activities

कदर गरिने 

शब्दयात्रा प्रकाशनका संस्थापक तथा अध्यक्ष हरि मञ्जुश्रीका विषयमा पुस्तक सम्पादन गर्ने सम्पादक, विशेषाङ्क प्रकाशन गर्ने पत्रिका र शोधप्रबन्ध लेख्ने शोधकर्ताहरूलाई दुई चरणमा कार्यक्रमको आयोजना गरी कदर गरिने र पहिलो चरणको कार्यक्रम आगामी पुस महिनाको पहिलो सातामा आयोजना गरिने भएको छ । यस कार्यको संंयोजन मध्यमार्ग…

Shabdayatra Prakashan @ 2022