Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८४. हरि मञ्जुश्रीको वाङ्मययात्रा

समीक्षक स्वयम्भू शाक्यको चौथो पुस्तक ‘हरि मञ्जुश्रीको वाङ्मययात्रा’ शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष भाषासेवी, लेखक, ग्रन्थसम्पादक तथा सङ्गीतकर्मी हरि मञ्जुश्रीको व्यक्तित्व र कृतित्वलाई आधार बनाएर...
HomeActivitiesपत्रकार युवराज गौतमलाई शब्दयात्राबाट उपचार सहयोग

पत्रकार युवराज गौतमलाई शब्दयात्राबाट उपचार सहयोग

पत्रकार तथा लेखक युवराज गौतमको उपचार सहयोगका लागि शब्दयात्रा प्रकाशनले अक्षरसेवी सहयोग कोषबाट १० हजार रुपियाँ उपलब्ध गराएको छ । धुलिखेल नगरपालिका वडा नं. ४ बाँसघारी निवासी समाजसेवी डा. केशवबहादुर खुलाल छेत्रीले पिता टीकाबहादुर खुलाल छेत्री र माता रमाकुमारी खुलाल छेत्रीको स्मृति र सम्मानमा शब्दयात्रा प्रकाशनमा राख्नुभएको अक्षयकोषको ब्याजबाट उक्त रकम उपलब्ध गराइएको हो । विभिन्न पत्रिकाका स्तम्भकार रहनुभएका तथा नेपाल टेलिभिजन, रेडियो नेपाल आदिको पनि अनुभव बटुल्नुभएका युवराज गौतमले ‘सारथि’ साप्ताहिक, ‘गोरखापत्र’ दैनिक आदि पत्रिकाको सम्पादन गर्नुभएको छ । उहाँले केही पुस्तक पनि लेख्नुभएको छ । मृगौला, कलेजो र फोक्सोमा समस्या देखिएर हाल उहाँ अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँका सहृदयी मित्रहरूले उहाँको उपचारका लागि आर्थिक सहयोग गरिदिन सामाजिक सञ्जालबाट सबैसँग आग्रह गरिरहनुभएको छ । उहाँको स्वास्थ्यलाभका लागि नीलकण्ठेश्वर महादेवसँग प्रार्थना गर्दै उहाँको उपचारका लागि यथाशक्य आर्थिक सहयोग गरिदिन पत्रकारिता र साहित्यसँग सम्बन्धित सम्पूर्ण संस्थाहरूलाई शब्दयात्रा प्रकाशन पनि विनम्र आग्रह गर्दछ ।