सम्मान्य व्यक्तित्व चयन गर्ने जिम्मा तीनजनालाई
शब्दयात्रा प्रकाशनले आगामी चैत महिनामा सम्मान समर्पण गर्नुपर्ने व्यक्ति वा संस्थाको चयन गरिदिनका लागि रामप्रसाद अधिकारी, देवीप्रसाद ढुङ्गाना र पूर्णबहादुर कर्माचार्यलाई आग्रह गरेको छ । उहाँहरूले सर्वसम्मत चयन गर्नुभएका राष्ट्रिय स्तरका व्यक्ति वा संस्थालाई शब्दयात्रा प्रकाशनले आगामी चैत महिनामा सम्मान समर्पण गर्नेछ । सम्मानका लागि…
म को हुँ ?
शब्दयात्रा प्रकाशनको २ सय २४ औँ प्रकाशनपुष्पका रूपमा ‘म को हुँ ?’ नामक पुस्तक प्रकाशन हुने भएको छ । दीपरत्न शाक्य (प्रेम आनन्द) का अद्भुत आध्यात्मिक अनुभूतिहरू समेटिएको यस पुस्तकमा मानव जीवनको सार्थकता केमा छ, जीवन के हो, मनमा आउने अनावश्यक तर्कनालाई कसरी नियन्त्रण गर्ने,…
पशुपतिमान प्रधानबाट पुस्तक उपहार
शिक्षासेवी तथा साहित्यकार पशुपतिमान प्रधानले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । उहाँले यसअघि पनि पुस्तक राख्ने दराजसहित नेपाली र नेवारी भाषाका तीन सयभन्दा बढी पुस्तक–पत्रिकाहरू प्रदान गर्नुभएको थियो । शब्दयात्रा प्रकाशन परिवार यस सहयोगका लागि उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ…
अर्को गान पनि
शब्दयात्रा प्रकाशनले गर्ने समारोहको प्रारम्भमा सरस्वती वन्दना, स्वस्तिवाचन र स्वागतगान हुन्छ । कार्यक्रमको समापन पनि अबदेखि गानबाटै हुने सम्भावना छ । त्यो गान सङ्गीतबद्ध भइसकेको छ, स्वराङ्कनको क्रममा छ । आउँदो चैतमा हुने सम्मान समर्पण समारोहदेखि हरेक समारोहको अन्त्यमा नयाँ गान बजाउन पाइन्छ कि जस्तो…
शनिबार साहित्यिक कार्यक्रम
बनेपामा यही फागुन ४ गतेदेखि ७ गतेसम्म बृहत् कृषि महोत्सव हुने भएको छ । त्यसै अवसरमा कृषि र साहित्य विषयमा केन्द्रित रहेर शब्दयात्रा प्रकाशनले यही फागुन ५ गते शनिबार ११ बजेदेखि बनेपाको लायकू मञ्चमा साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा गीत, भजन,…
प्रेम खत्रीबाट पुस्तक उपहार
समाजशास्त्री तथा मानवशास्त्री प्रा. डा. प्रेमकुमार खत्रीले ‘घुम्दै जीवनमा फनफनी — कदम ओरालोतिर (भाग दुई)’ र ‘सम्पदा संरक्षणको पक्षमा’ नामका आफ्ना दुई पुस्तक शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि उपहारस्वरूप प्रदान गर्नुभएको छ । यस सहयोगका लागि प्रा. डा. प्रेमकुमार खत्रीप्रति शब्दयात्रा प्रकाशन पुस्तकालय हार्दिक आभार व्यक्त…
काशीराज सुवेदीबाट पुस्तक उपहार
भेषज साहित्यकार डा. काशीराज शर्मा सुवेदीबाट शब्दयात्रा प्रकाशन पुस्तकालयले केही पुस्तकहरू प्राप्त गरेको छ । आफूले लेखेको ‘आयुर्वेद दर्शनको रूपरेखा’ लगायत डा. टीकाराम अधिकारीद्वारा लिखित पुस्तकहरू उहाँले प्रदान गर्नुभएको हो । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन पुस्तकालय डा. काशीराज शर्मा सुवेदीप्रति हार्दिक आभार प्रकट गर्दछ…
अगिब बनेपालीबाट पुस्तक उपहार
साहित्यकार अगिब बनेपालीले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि आफ्नो सङ्ग्रहमा रहेका केही पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएको छ । ती पुस्तकहरू उहाँका तर्फबाट उहाँकी अर्धाङ्गिनी सुमा श्रेष्ठले प्रदान गर्नुभएको थियो भने शब्दयात्रा प्रकाशन पुस्तकालयका तर्फबाट सञ्चालक सदस्य हरिगोपाल प्रधानले ग्रहण गर्नुभएको थियो । पुस्तकहरू उपहारस्वरूप प्रदान गर्नुभएकोमा…
दस महिनामा १६ वटा
शब्दयात्रा प्रकाशनले २०८० वैशाखदेखि माघसम्मको १० महिनामा प्रकाशन गरेका १६ वटा पुस्तकहरू — १. एक दिन, २. साथीको माया, ३. चौध भुवन, ४. ठूले, ५. कुसुमाक्षर, ६. कथाकुथुङ्ग्री, ७. अग्रजले कोरेको गोरेटोमा हिँड्दा, ८. उनैको सम्झनामा, ९. मुक्तक शारदीय, १०. कर्मसाधक भोलामानसिंह थापा, ११. कालो…
कल्पना अधिकारीलाई १० हजार रुपियाँ सहयोग
साहित्यकार कल्पना अधिकारी (२०२२, चितवन) स्तन क्यान्सरको उपचारमा हुनुहुन्छ र उहाँलाई आर्थिक सङ्कट परेको छ भन्ने जानकारी पाएपछि शब्दयात्रा प्रकाशनले उहाँको उपचारमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्य लिई उहाँलाई अक्षरसेवी सहयोग कोषबाट १० हजार रुपियाँ पठाएको छ । ग्लोबल आईएमई बैङ्क कान्तिपथ काठमाडौँमा…