Activities

विश्व हिन्दू महासङ्घका सदस्यहरूबाट शब्दयात्रा प्रकाशनको अवलोकन 

विश्व हिन्दू महासङ्घ काभ्रे शाखाका सदस्यहरूले गत २०७७ साल मङ्सिर १३ गते शनिबार शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण गर्नुभएको छ । प्रवीण धितालको नेतृत्वमा रहेको उक्त टोलीले शब्दसाधक तीर्थ, शब्दयात्रा प्रकाशन पुस्तकालय, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर र नीलकण्ठेश्वर महादेव मन्दिरको अवलोकन गरेको थियो ।

Activities

शब्दयात्रा प्रकाशनबाट पहिलो बाछिटासङ्ग्रह छापिँदै 

शब्दयात्रा प्रकाशनबाट नेपाली साहित्यको पहिलो बाछिटासङ्ग्रहको प्रकाशन हुन लागेको छ । ‘त्रिरत्न’ नाम दिइएको यस सङ्ग्रहमा विष्णु भट्टराई ‘विभु’, केशव बैरागी माइँलो र अम्बिका धितालका गरी १ हजार १ सङ्ख्याका बाछिटा कविता सङ्कलित छन् । यस सङ्ग्रहको सम्पादन उपप्राध्यापक शेषनाथ पौडेलले गर्नुभएको छ । नेपाली…

Activities

मूल्याङ्कन समितिको प्रतिवेदन प्रस्तुत 

शब्दयात्रा प्रकाशनबाट गठित कार्यक्रम मूल्याङ्कन समितिले पाँच फरक–फरक क्षेत्रका प्रतिवेदनहरू प्रस्तुत गरेको छ । डा. इन्दुल केसीको संयोजकत्वमा गठित मूल्याङ्कन समितिमा चन्द्रबहादुर खड्का, पदम दाहाल, रमेश अधिकारी र निर्मला श्रेष्ठ सदस्य रहनुभएको थियो । कोरोना महामारीको समयमा पनि निरन्तर सक्रिय रहेर प्रतिवेदन बनाई प्रस्तुत गरेकोमा…

Activities

सातौं वार्षिक साधारण सभा बस्नेसम्बन्धी सूचना 

शब्दयात्रा प्रकाशन (मुनाफा वितरण नगर्ने कम्पनी) को सञ्चालक समितिको मिति २०७७ कार्तिक १६ गते आइतबार बसेको बैठकको निर्णयबमोजिम यस प्रकाशनको सातौँ वार्षिक साधारण सभा निम्नलिखित विषयहरूमा छलफल र निर्णय गर्न देहायबमोजिमको मिति, समय र स्थानमा बस्ने भएको हुँदा कम्पनी ऐन २०६३ को दफा ६७ (२)…

Activities

हार्दिक बधाई 

शब्दयात्रा प्रकाशनद्वारा स्थापना गरी बालसाहित्यकार गोपाल पराजुलीद्वारा आर्थिक व्यवस्थापन गरिएको ‘शब्दयात्रा गोपाल पराजुली बालसाहित्य सम्मान’ बाट २०७६ सालमा सम्मानित हुनुभएका बालसाहित्यकार तथा हास्यव्यङ्ग्यकार रामकुमार पाँडेले हास्यव्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापना गरिएको एक लाख रुपियाँ राशीको भैरव पुरस्कार प्राप्त गर्नुभएकोमा उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दछौँ ।…

Activities

पुस्तक सार्वजनिक 

शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित तथा केवल कार्कीद्वारा लिखित पद्मकवितासङ्ग्रह ‘छानोविनाको घर’ लाई गत २०७७ साल असोज २२ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजित ‘कर्मयोद्धासँग शब्दसंवाद’ कार्यक्रमको १ सय ११ औँ शृङ्खलामा सार्वजनिक गरियो । शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि कवि…

Activities

शब्दसाधक तीर्थको अवलोकन 

शब्दयात्रा प्रकाशनद्वारा बनेपामा निर्मित शब्दसाधक तीर्थले वाङ्मयसेवीहरूलाई आकर्षित गरिरहेको छ । त्यस तीर्थमा पाँच विधाका प्रथम नेपाली पाँचजनाको सालिक स्थापना गरिएको हुनाले त्यस तीर्थको अवलोकन गर्न वाङ्मयसेवीहरू हालको कोरोना महामारीका बीचमा पनि बनेपा आइरहनुभएको छ । यसै क्रममा कवि, पत्रकार तथा सिनेकर्मी विप्लव प्रतीक, रङ्गकर्मी…

Shabdayatra Prakashan @ 2022