Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति समर्पण

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति’ भक्तपुर जिल्लामा अवस्थित ख्वप कलेजमा स्नातक तह चौथो वर्षमा अध्ययनरत विपन्न तर जेहेन्दार छात्रा योगिना श्रेष्ठमा...
HomeActivitiesशब्दयात्रा प्रकाशनको आठौँ वार्षिक साधारण सभा बस्ने सूचना

शब्दयात्रा प्रकाशनको आठौँ वार्षिक साधारण सभा बस्ने सूचना

शब्दयात्रा प्रकाशनका सम्पूर्ण सदस्य महानुभावहरू !
सञ्चालक समितिको मिति २०७८ भदौ १३ गतेको बैठकबाट निर्णय भएअनुसार यही २०७८ साल असोज ९ गते शनिबार अपराह्न १ बजे कृष्ण–गीता परिसर, नीलकण्ठेश्वर धाम, बनेपामा यस शब्दयात्रा प्रकाशनको आठौँ वार्षिक साधारण सभा बस्ने भएकाले प्रकाशनका सम्पूर्ण सदस्यज्यूहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यससम्बन्धी विस्तृत जानकारी ‘शब्दसञ्चार’ रेडियो कार्यक्रमको प्रसारण एवं यस प्रकाशनको वेबसाइट www.sypublication.com.np मा र कार्यालयको सूचनापाटीमा सुन्न, हेर्न र पढ्न सकिनेछ । साथै सबै सदस्यज्यूहरूको घर–ठेगानामा पनि पठाइएको छ । कुनै कारणले पत्र प्राप्त नभएमा पनि यसै सूचनालाई आधार मानी सभामा उपस्थित भइदिन सम्बन्धित सबैमा अनुरोध छ । सदस्यज्यूहरूको सुविधाका लागि आवश्यक विवरणहरू कार्यालयमै बसी अध्ययन गर्न सकिने व्यवस्थासमेत मिलाइएकाले कार्यालय समयभित्र कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ ।

आठौँ वार्षिक साधारण सभा, २०७८ मा पेस हुने प्रस्तावहरू —
१. सञ्चालक समितिको प्रतिवेदन, २०७८ छलफल गरी पारित गर्ने ।
२. स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तको वासलात र सोही मितिमा सम्पन्न आ. व. २०७७।७८ को नगद प्रवाह विवरण, नाफा नोक्सान विवरण एवं आर्थिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
३. आ. व. २०७८।७९ को लेखापरीक्षणका लागि दर्तावाला स्वतन्त्र लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।
४. आ. व. २०७८।७९ को वार्षिक कार्यक्रम र आयव्ययको संशोधित अनुमान तथा २०७९।८० का लागि अनुमानित कार्यक्रम र आयव्यय विवरण छलफल गरी पारित गर्ने ।
५. सञ्चालक समितिको पुनर्गठन गर्ने ।
६. विविध
कुनै सदस्य महानुभावले साधारण सभासमक्ष थप कुनै विषय वा प्रस्ताव प्रस्तुत गर्न चाहेमा सभा सुरु हुनुभन्दा अगावै त्यस्तो विषय वा प्रस्ताव लिखित रूपमा दर्ता गराइसक्नुपर्नेछ । साधारण सभाले स्वीकार गरेमा त्यस्तो विषय वा प्रस्तावलाई साधारण सभाको कार्यसूचीमा समावेश गरी छलफल र निर्णय गर्न सकिनेछ ।

सञ्चालक समितिका आज्ञाले :
………………….
(शारदाप्रसाद शर्मा)
महाप्रबन्धक
१३ भदौ २०७८