‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा विभक्त गर्नुभएको छ । पहिलो भागमा रास्कोटका ७५ जना शिक्षासेवीहरूको परिचयात्मक विवरण उल्लेख गरिएको छ भने ४० जनाको नामोल्लेख मात्र भएको छ । दोस्रो खण्डमा चाहिँ रास्कोटमा सञ्चालित विद्यालयहरूमा कार्यरत शिक्षकहरू तथा स्थापनाकालदेखि पुस्तक लेखिँदाको समयसम्मका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूका बारेमा जानकारी गराइएको छ । कुनै–कुनै विद्यालयको स्वीकृतवर्ष, कक्षा, विद्यार्थीसङ्ख्या र स्थापनाकालको जानकारी पनि दिइएको छ । यसरी यो पुस्तक रास्कोटको शिक्षाक्षेत्रको विगत र वर्तमानको जानकारी दिलाउन त्यहाँको शैक्षिक गतिविधिका विषयमा अध्ययन गर्न चाहने अध्येताहरूलाई राम्रो सन्दर्भ–सामग्री हुने गरी तयार पारिएको छ ।
२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व


