सहदीप पलाञ्चोके सङ्कलक रहेको ‘हरि मञ्जुश्रीका आध्यात्मिक गान’ पुस्तकभित्र हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध एवम् शब्दयात्रा प्रकाशनको यु–ट्युब च्यानल ‘अक्षरधाम’ मा राखिएका २१ वटा आध्यात्मिक गान सङ्कलन गरी राखिएका छन् । परिशिष्टका रूपमा हरि मञ्जुश्रीद्वारा सङ्गीतबद्ध अन्य ९ वटा गानहरूको सूची राखिएको छ । हरि मञ्जुश्रीले लेखेका भए पनि अन्य सङ्गीतकारबाट सङ्गीतबद्ध गरिएका गानहरूचाहिँ यसमा सङ्कलन गरिएको छैन ।


